काठमाडौं ्स र्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।
सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । न्यायालयमा अहिलेको परिस्थिति आउनुमा नेतृत्व नै जिम्मेवार भएकाले उनले नै निकास दिनुपर्ने उनको भनाइ छ ।