मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेको डुडुवामा चुनाव प्रचारमा बालबालिका प्रयोगप्रति हुरीपपको आपत्ति

महमूद आलम खान 1133+ समाचार ( )
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहेको संस्था हुरीपपका अध्यक्ष खानले बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमालेले चुनाव प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएकोले तत्काल रोक्नुपर्ने अपिल गर्नु भएको छ ।
१४ वैशाख २०७९, बुधवार

बाँके । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकोमा आपत्ति जनाउनु भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहेको संस्था हुरीपपका अध्यक्ष खानले बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमालेले चुनाव प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएकोले तत्काल रोक्नुपर्ने अपिल गर्नु भएको छ । 

बाँकेको डुडुवामा बुधबार मानव अधिकारबादी संस्था हुरीपपले अनुगमन गर्दा चुनावी प्रचार प्रसारमा एमालेले बालबालिकाको प्रयोग गरीरहेको पाइएकोले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न नगराउन अपिल गरेको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने र गाँउपालिकाका विद्यालयमा आमसभा लगायत चुनावी कार्यक्रम गर्ने सम्भावना भएकाले यस विषयमा गम्भीर भएर त्यस्ता गतिविधिलाई रोक्नु पर्ने अध्यक्ष खानले माग गर्नु भयो ।

अध्यक्ष खानले गाउँगाउँमा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुदा मत बदर हुने सम्भावना बढ्न सक्ने प्रति चिन्ता व्यक्त गर्दै उहाँले मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन कार्यालय बाँकेलाई सुझाव समेत दिनु भयो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।

यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार