मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगंजमा दुई समुदायबीच झडप,स्थिति नियन्त्रणमा लिन सेना परिचालन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

बाँके । सामाजिक संजालमा मुस्लिम समूदायका विरुद्धमा स्टाटस लेख्ने र विवादित भिडियोहरु सेयर गर्नेहरुलाई कारवाही गर्नु पर्ने माग गर्दै मुस्लिमहरुले गत आईतबार नेपालगंजमा गरेको प्रर्दशनको विरुद्धमा हिन्दु समाजले आज गरे पनि स्थिती तनाब ग्रस्त बन्न पुगेको हो । 

प्रर्दशनका क्रममा बाँकेको नेपालगंजमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । स्थिति नियन्त्रण बाहिरा गए पछि जिल्ल प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्दै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

मुस्लिमहरुको घरमा तोडफोड सुरु भएको देखे पछि प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पछि स्थिति नियन्त्रणमा आएको थियो । हिंसा भड्किएको नेपालगंज क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु आदेश जारी गर्नु परेको जनाएको हो ।

नेपालगञ्ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरिएको हो । अनिश्चितकालसम्म लगाइएको कर्फ्यू आदेशका समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा ¥याली, हुल हुज्जत र हिँड्डुल नगर्न आदेश दिइएको छ ।

दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

आज ओमकार परिवार हिन्दु समाजले निकालेको ¥यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार