मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पैसा झिक्न खोज्दा सांग्रिला डेभलपमेन्ट बैंकबाट लाखौं रुपियाँ गायब

महमूद आलम खान 1132+ समाचार ( )
बैंक म्यानेजर नागेश्वर गुप्ता सम्पर्क विहिन, केन्द्रीय कार्यालयले सुरु गर्यो छानबिन
१८ फाल्गुन २०७८, बुधवार

सांग्रिला डेभलपमेन्ट बैंक त्रिभुवन चौक शाखामा जब पैसा झिक्न पहलवान अहिर, सुन्दर अहिर, राकेश अहिर पुगे अनि, दंग परे । खातामा राखिएको क्रमशः २० हजार, ५० हजार, २५ हजार रकम खातामै थिएन । अनि सोधीखोजी गर्दा बैंककै म्यानेजर बताउने नागेश्वर गुप्ताले धम्की पुर्ण व्यवहार गर्दै हिम्मत भए प्रहरीमा निवेदन दिएर देखाउन चेतावनी दिए पछि पिडितहरु झन पिडामा परेका छन् । 

पिडितहरुले कर्मचारीबाट बदमासी भएको दावी गरेका छन् । बैंक कै कर्मचारीबाट पैसा गायव पारिएको पिडितले दाबी गरे पछि म्यानेजर गुप्ता कार्यालयमा बस्न छोडेका छन् उनी बिभिन्न बहानामा कार्यालय समयमा बाहिर बस्ने गरेको पिडितहरुले बताएका छन् । 

बैंकमा रकम सुरक्षित होस भनेर राखिएको थियो त्यही बैंकबाट कर्मचारीले आफूखुसी चेकविनै पैसा झिकेपछि यति बेला पीडित अहिर न्यायको लागि भौतारिएका छन् ।

बैंकका कार्यरत म्यानेजर नागेश्वर गुप्ता कै संलग्नतामा  ३ जनाको खाताबाट ९५ हजार  रकम गायब भएको रहस्य खुलेको छ । म्यानेजर गुप्ता आफ्नो कामको व्यस्तता बताउदै कार्यालयमा बस्न मानेका छैनन् । मोवाईल समेत सम्पर्क हुन नसक्ने बनाएका छन् । पिडितहरुले बुधबार युथ टुडे संग कुरा गर्दै सरकारबाट पाएको रकम बैंक कै कर्मचारीले गायब गरे पछि न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

मंगलबार पैसा झिक्न जाद बैंकको खाताबाट पहिला नै झिकिएको जानकारी बैंकका कर्मचारीले दिए पछि तिनै जना अत्तालिएका छन् । उहाँहरूले बैंककै बदमासी रहेको दाबी गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक प्रधान कार्यालयका म्यानेजर सुजन अधिकारीले खातावालाको सहमति बिनै खाताबाट रकम निकाशा हुनु चिन्ताको बिषय भएको बताउदै उहाँले नेपालगञ्ज शाखालाई छानबिनको दायरामा ल्याउने बताउनुभयो । 

खाता वालाको सहमति बिनै रकम झिकिएको हो भने काउन्टरको कर्मचारी र शाखाका म्यानेजरलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले बैंकबाट पनि अनुसन्धान सुरु गरिने जिकिर गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरी आइनसकेको तर, पीडितले मौखित जानकारीको आधारमा तत्काल बैंकका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याईने जनाएको छ ।

आरोपित बैंक म्यानेजर मोवाईल सम्पर्क नहुने साथै दिन भरी बैंकको काम देखाएर कार्यालयमा बस्ने गरेका छैनन् । पीडित अहिरले बैंकबाट पैसा हराएको सांग्रिला डेभलपमेन्ट बैंक त्रिभुवन चौक शाखालाई जानकारी गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार