मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मिथिला सेवा समाजले गर्यो दुई जोडी नव दुलाहा दुलहीलाई सहयोग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ पौष २०८०, सोमबार

बाँके । मिथिला सेवा समाज नेपालगन्जले बिबाह पञ्चमीको अवसरमा दुई जोडी नव दुलाहा दुलहीलाई सामाग्री हस्तान्तरण गरेको छ । राम जानकी मन्दिर नेपालगन्जमा मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहको अध्यक्षता उक्त कार्यक्रम गरिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आथित्यतामा आयोजित उक्त कार्यक्रममा समाजको तर्फबाट मोतीलाल कहार र पिंकीदेवी कहार तथा विष्णु कहार र आरती कहारको जोडीलाई सम्पुर्ण सेट भाडा वर्तन तथा अन्य सामग्री र योग समितिका तर्फबाट २ ब्ल्यांकेट उपहार स्वरुप प्रदान गरिएको मिथिला सेवा समाजका सचिव भरत महतोले जानकारी दिए ।

सो क्रममा नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाह, योग समितिका अध्यक्ष गिरिराज भट्टराई, बलराम यादव, झवीलाल शर्मा, रामचन्द्र पण्डित, रमेश नाग, राजेन्द्र सोनी लगायतको उपस्थिती रहेको उनले बताए । बिबाह पञ्चमीलाई मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने प्रचलन रहेको छ । 

पर्सादेखी सुनसरी सम्मका करिव ५ सय ८० जना मिथिलाबासीहरु बाँकेमा बसोबास गरिरहेका छन् । विभिन्न पेशा तथा ब्यवसाय र सरकारी सेवामा कार्यरत छन् । उनीहरु सबै मिलेर मिथिला सेवा समाज गठन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार