मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

योग समिति नेपालको पाँचौ दिक्षान्त समारोह
योग समितिले गर्यो १ सय १२ जनालाई दिक्षित

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

बाँके । योग समिति नेपालको पाँचौ दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि शनिवार नेपालगञ्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित भएका छन् ।

योग समिति नेपालका अध्यक्ष एवं योगगुरु गिरिराज भटराईको अध्यक्षतामा भएको गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालगञ्जमा मात्र नभइ देशका हरेक नागरिकले योग गर्नुपर्ने बताए । 

उनले योग समिति नेपालले चाहेको खण्डमा प्रत्येक वडामा योगाहलको व्यवस्था गरिनु पर्ने बताए । योगका लागि आफुले गर्नसक्ने कामबाट कहिल्यै पनि पछि नहटने प्रतिबद्धता ब्यक्त गरे ।

योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उनले योगको सम्पूर्ण विकासका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका अग्रपंक्तिमा रहने विश्वास दिलाए । 

यस्तै नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुण कुमार वज्रचार्यले योग स्वास्थ्यको सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताए । योगले मनलाई शान्त राख्ने काम गर्ने भएको भन्दै उनले योगका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी दिए ।

कार्यक्रममा समितिका सल्लाहकार नन्दलालबैश्य, अधिवक्ता विश्वजीत तिवारी, वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारीे हरीशचन्द्र शर्मा लगायतले नेपालगञ्जलाई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा बिभिन्न बिधाबाट १५ जनालाई योग गुरु भट्राइले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा योग समिति नेपालका सचिव एवं कार्यक्रम संयोजक निर्मला शाह, योग प्रशिक्षक अरुण सिँह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन झवि शर्मा र निरन्जना मल्लले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार