काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन् ।
सोमबार देखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशभरका खोला नदीमा बाढी आएको छ । बाढीपहिरोले अधिकांश सडकमा क्षेती पुर्याउदा सडक यात्रुलाई आवत जावतमा समस्या परेको छ । साथै बाढीका कारण बस्तीहरु डुवानमा परेको छ ।