मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भेरी अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नहुँदा सेवाग्राही समस्यामा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

बाँके । सङ्घीय अस्पतालको रूपमा रहेको भेरी अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भेरी अस्पतालमा अहिले दैनिक एक हजार सात सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । 

बाँके सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार नियमित गर्ने गरेको भेरी अस्पतालमा नेपाल स्वीकृत दरबन्दी १ सय ४७ जनाको भए पनि ८४ जना मात्र कर्मचारी रहेकोले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको अस्पतालका प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) डाक्टर पवन जङ्ग रायमाझीले बताउनुभयो । 

अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको रायमाझिले बताउनुभयो । भेरी अस्पतालको दरबन्दी लिएर १३ जना तिकित्सकहरु अन्यत्र काम गरीरहेकाले मन्त्रालयले ती चिकित्सकहरूलाई अस्पतालमा फिर्ता पठाउने वातावरण मिलाउन जरुरी रहेको उहाँले बताउनुभयो । 

अस्पताल विकास समितिका सदस्य डा।डक्ट प्रसाद धितालका अनुसार , १३ जना काज लिएर अन्यत्र काम गरिरहेको र १९ जना चिकित्सकको दरबन्दी अझै खाली रहेको बताउनु भयो । उहाँले खाली रहेको दरबन्दी पूर्तिका लागि अस्पताल विकास समिति लागि परे पनि स्वास्थ्य मन्त्रालयको बेवास्ताका कारण दरबन्दी पूर्ति हुन नसकेकोले स्वास्थ्य जस्तो महत्वपूर्ण सेवा प्रवाह हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको बताउनुभयो ।

स्वीकृत दरबन्दी अनुसार कर्मचारी नहुँदा करारमा ७४ जना, दरबन्दी बाहेकका २३ जना अन्य थप कर्मचारी नियुक्त गरी अस्पताललाई सञ्चालन गरी रहेको सदस्य धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सुरक्षाकर्मी र गार्डको सङ्ख्या १ सय १ रहेको छ भने जम्मा २ सय ६३ जनालाई अस्पताले कर्मचारीको रुपमा परिचालन गरेको बताउनुभयो ।

सेवाको दृष्टिकोणले सरकारको मूल्याङ्कन अनुसार भेरी अस्पताल अन्य संघीय अस्पतालहरूमा भन्दा उत्कृष्ट भएको बताउँदै अस्पताल प्रमुख रायमाझीले भन्नुभयो गत ९ महिनामा अस्पतालले २ लाख भन्दा बढी बिरामीहरूलाई सेवा दिएको छ जसमा इमेर्जिन्सीमा करिब २८ हजार भन्दा बढीले सेवा लिएका छन् भने तीन हजार भन्दा बढी शल्यक्रिया भएको छ । यस्तै ५ हजार ५ सय भन्दा बढीले प्रसूति सेवा लिएको बताउनुभयो ।

उहाँले बाँकेको स्थानीयहरू सबै भन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाबाट ५० हजार, कोहलपुर नगरपालिकाबाट ११ हजार, खजुरा गाउँपालिकाबाट ११ हजार, राप्तिसोनारी गाउँपालिकाबाट ८ हजार, बैजनाथ गाउँपालिकाबाट ७ हजार, डुडुवा गाउँपालिकाबाट ६ हजार, जानकी गाउँपालिकाबाट ५ हजार र नरैनापुर गाउँपालिकाबाट १ हजार ६ सय जान बिरामीहरूले ९ महिना यता सेवा लिएको भेरी अस्पतालको तथ्याङ्कमा उल्लेख जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार