मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दुधको भुक्तानी तत्काल दिन नेपालगन्ज दुध वितरण आयोजनालाई मुख्य मन्त्री आचार्यको निर्देशन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिनुभएको हो । 

‘तपाईहरु संग छलफल गर्न चाहन्थे । किसानले दुधको भुक्तानी नपाउदा समस्या परेको छ । म सम्म पनि किसानको कुरा आईपुगेको छ । दुधको भुक्तानी रोकिदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नुहोस’उहाँले भन्नुभयो,‘किसानको भुक्तानी रोकेर राख्न हुदैन । म संघीय सरकार संग पनि यस बारेमा पहल गर्छु ।’ गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
 
लुम्बनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रबद्र्धन गर्नेगरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भयो । भेटमा नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गर्नु भएको छ । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।
 
दुध उत्पादन बढ्दै गएपनि बजारीकरणको समस्या किसानले भोग्नु परेको छ । असोज महिनादेखि चैत सम्म दैनिक  आठ हजार लिटर दुध संकन हुने गरेको छ । असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दुध उत्पादन बढेपनि बजारीकरण गर्न समस्या हुदा मिल्क होलिडेको मारमा किसान छन् । तर, बैशाख देखी भदौ महिना सम्म दुध संकलन भने ह्वात्तै घट्ने हुदा दुधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ । 

बैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन हुदै आएको छ । यस्तै सुर्खेतको छिन्छु दुध चिस्या केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुदै आएको हो । एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रिवितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रसोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुदै आएको आयोजना कार्यालयले जनाएको छ । दुधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार