मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |

युथ टुडे न्युजको प्रथम वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

महमूद आलम खान 1132+ समाचार ( )
दुई जना पत्रकार सम्मानित
२० अशोज २०७८, बुधवार

बाँके । बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले बुधबार आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन गर्नु भएको थियो ।

वार्षिक उत्सवमा बोल्दै प्रधान सम्पादक खानले अनलाईन प्रथम वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गर्नुमा सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी, संघ संस्था युथ टुडे टिमको हात रहेको भन्दै युथ टुडे न्युजलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

वार्षिक उत्सवको अवसरमा युथ टुडेकि संवाददाता प्रेरणा गिरीलाई युथ टुडे युवा पत्रकारिता पुरस्कार र संवाददाता बन्दना सोनीलाई युथ टुडे पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको थियो भने अनलाईनलाई संचालन गर्न सहयोग गरेको भन्दै पत्रकार भद्र बहादुर ओली –गोपाल) र चन्द्र बोहरालाई कदर पत्रबाट सम्मान गरिएको थियो ।

युथ टुडे मिडिया नेटवर्क प्रालिद्धारा संचालित युथ टुडे न्युज डट कमको प्रथम वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य सिराजुद्दीन खानले कोभिडको कारण पत्रकारहरुले भोग्नु परेको समस्या निकै चुनौतीपूर्ण रहेकाले जोखिमबाट बच्दै मर्यादित र संयमित पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना अनिवार्य भएको जिकिर गर्नु भयो । 

कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर बाँकेका अध्यक्ष धितालले आचार संहिता पालना गरी मर्यादित ढंगले आफ्नो पेशा प्रति प्रतिबद्ध हुन आग्रह गर्नु भएको थियो । उहाँले समाज रुपान्तरणमा युथ टुडेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले निष्पक्ष भएर कलम चलाउन शुभ कामना दिनु भएको थियो । 

बार्षिक उत्सवमा राप्रपाका युवा नेता रबि बर्माले युथ टुडे राष्ट्रिय राजनीतिका साथसाथै सामाजिक एवं आर्थिक मुद्दाहरुमा विशेष ध्यान केन्द्रित गर्दै आएकोले अझ सशक्त भएर पत्रकारीता गर्न शुभ कामना दिनु भएको थियो । 

बार्षिक उत्सव कार्यक्रमलाई समापन गर्दै नेपालगंज उपमहानगरपालिकाका अध्यक्ष एंव अनलाईनका संरक्षक मोहम्मद सफिक बेहनाले तथ्यपरक पत्रकारितामार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौं । हामी हाम्रा पाठकहरुहरुको सुझावलाई हमेशा उच्च महत्व दिन्छौं, आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महत्वपूर्ण हुने कुरामा विश्वास दिलाउन चाहन्छौं । सबल शासन ब्यवस्थाका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण पक्ष रहेको बताउदै उहाँले आगामी दिनमा हामी जनताका आवाजहरुलाई युथ टुडे मार्फत थप मुखरित गर्ने कुरामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार