मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एमालेको बदनियतकै कारण कांग्रेस नेतृत्वको कोशी प्रदेशका ढलेको काग्रेसको निष्कर्ष

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ ।

शुक्रबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्की नेतृत्वको परमादेशी सरकारलाई विश्वासको मत नदिने निर्णय भएको एक नेताले जानकारी दिए ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेको बदनियतकै कारण कांग्रेस नेतृत्वको प्रदेश सरकार ढलेको निष्कर्षसमेत निकालेको छ । मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरी कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले भदौं २१ मा परमादेश दिएको थियो ।

आजको बैठकमा कार्की नेतृत्वको एमाले सरकार ढलेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकले भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।

भदौं ४ गते उपसभामसख दनुवारले प्रदेश सभा सञ्चालन गर्न छोडेर काठमाडौं लागेपछि कांग्रेसकै सांसद ईस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । बैठकको अध्यक्षता गरेकै अवस्थामा उनले पनि प्रदेश सभामा मतदान गरेपछि उक्त मतदानको विवाद सर्वोच्च अदालत पुगेको थियो । जसमा सर्वोच्चले उक्त कार्य असंवैधानिक घोषित गरिदिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार