मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सुत्केरी भवन अलपत्रः २ वर्ष बित्दा पनि फाउण्डेशनमै रोकियो, जोखिममा जानकी–५ का महिला

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ वैशाख २०८३, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । मातृस्वास्थ्य जस्तो अत्यन्त संवेदनशील पूर्वाधार निर्माणमा भएको चरम ढिलाइले राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।

करिब १ करोड २५ लाख रुपैयाँ लागतमा सुरु गरिएको उक्त भवन आर्थिक वर्ष २०८०÷०८१ मा विशेष योजना अन्तर्गत सम्झौता भई निर्माण थालिएको थियो । सम्झौताअनुसार २०८१ भित्रै सम्पन्न हुनुपर्ने भवन हालसम्म फाउण्डेशनमै सीमित छ ।

वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवका अनुसार १ करोड ८७ लाख ९४ हजार ७०७ रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पार्वती बडिमालिका जेभी, कोहलपुरले पाएको भए पनि हालसम्म करिब २५ प्रतिशत मात्र काम भएको छ । “ठेकेदार सम्पर्कविहीन जस्तै बनेका छन्, काम अघि बढ्ने कुनै संकेत छैन,” उहाँले भन्नुभयो ।

समयमै भवन निर्माण भएको भए स्थानीय महिलाले आफ्नै वडामै सुरक्षित सुत्केरी सेवा पाउने थिए । तर अहिले पनि सुत्केरी व्यथा लागेपछि उनीहरूलाई टाढाको सदरमुकाम धाउन बाध्य हुनुपरेको छ । कमजोर आर्थिक अवस्था र पर्याप्त यातायात सुविधा अभावका कारण यो यात्रा धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ ।

स्थानीय शियाराम यादव भन्छन्, “सरकारले योजना त ल्याउँछ, तर काम समयमै पूरा हुँदैन । यसको सिधा मार गाउँका गरिब महिलाले खेप्नुपरेको छ ।”

उता निर्माण व्यवसायी पार्वती बडिमालिका जेभी, कोहलपुरका ठेकेदार गोपाल बोहराले भने माटो व्यवस्थापनको समस्या देखाउँदै काम रोकिएको दाबी गरेका छन् । “माटोको क्वान्टीटी ठेक्कामा थिएन । पालिकाले माटोको व्यवस्था गरे लगत्तै काम अघि बढाउँछौं,” उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले भने मातृस्वास्थ्य जस्तो संवेदनशील विषयमा ढिलाइ अस्वीकार्य रहेको बताउँदै काम शीघ्र सम्पन्न गर्न कडा निर्देशन दिइएको जनाएका छन् । माटो व्यवस्थापनकै कारण काम रोकिएको जानकारी आएको भन्दै उक्त समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नु भयो ।

तर प्रश्न अझै उस्तै छ—दुई वर्षसम्म राज्यका निकायहरू किन मौन रहे ? ठेकेदार र स्थानीय सरकारबीचको जिम्मेवारी विवादका कारण एउटा अत्यावश्यक स्वास्थ्य पूर्वाधार बन्धक बन्नु कति जायज हो ?

यदि तत्काल प्रभावकारी हस्तक्षेप नभए, जानकी–५ का महिलाले अझै कति समय जोखिमपूर्ण यात्रामार्फत सुत्केरी सेवा लिनुपर्ने हो भन्ने प्रश्न झन् गम्भीर बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार