मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवा अध्यक्षद्धारा कार्यभार शुरु, आर्थिक खर्च घटाउने पहिलो निर्णय

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निर्णय गर्नुभएको छ
१२ जेठ २०७९, बिहीबार

डुडुवा। डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो । 

प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार करार कर्मचारीहरुमध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नितिगत निर्णय भएको छ । 

कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निर्णय गर्नुभएको छ । खर्च कटौतीसंगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै जनताको सेवामा सधै खटने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरियता, तथा प्रभावकारी सेवा प्रवाहमा कुनैपनि कन्जुस्याई नगर्ने स्पष्ट पार्नुभयो । 

डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोले बुधबारदेखि कार्यभार सम्हाल्नु भएको हो । गाउँपालिकामा आयोजित एक समारोहका विच अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले कार्यभारको जिम्मेवारी बहन गर्नुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, लेखा अधिकृत रामबहादुर केसी, प्राविधिक प्रमुख लगायतका कर्मचारीहरुले अध्यक्ष र उपाध्यक्षलाई फुलमाला र खादाले स्वागत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार