मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अन्तरपालीका स्तरीय समन्वय गर्नुपर्ने सुर्खेतका जनप्रतिनिधिको जोड

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ माघ २०८१, बुधवार

सुर्खेत । सुर्खेत जिल्ला अन्तरपालिका समन्वयात्मक बैठक चिङ्गाड गाउँपालिकाको पुङखेतमा सम्पन्न भएको छ। चिङ्गाड गाउँपालिकाको आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा सो बैठक सम्पन्न भएको हो ।

पालिका विच समन्वय नहुने, कानून निर्माणमा एकरुपता नदेखिएको, पालिकाहरुको सवल प्रयास र अनुभव आदानप्रदान नभएको , कार्यगत एकता जस्ता कुरामा समन्वय नदेखिएकोले सो समस्या समाधान गर्न बैठक आयोजना गरिएको निमित्त जिल्ला समन्वय अधिकारी राम बहादुर बुढाले जानकारी दिए।

पालिकाहरुको कार्यव्यस्तता र जिल्ला समन्वय समितिको यस कार्यलाइ पालिकाले प्राथमिकता नदिएकोले अपेक्षीत उपलब्धी प्राप्त गर्न नसकेको बुढाले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गाउँपालिकाको वर्तमान अवस्था, अवसर, चुनौती र हालसम्मको वित्तिय तथा भौतिक प्रगतीको प्रस्तुती गर्दै अन्तरपालिका विच सिकाइ आदानप्रदान हुनुपर्नेमा जोड दिए ।

समन्वय बैठकमा चिङगाड गाउँपालिकाका अध्यक्ष बोध विक्रम जिसीले केही समस्याको रुपमा रहेका बिषयबस्तुहरुलाई बिशेष पहल भएको र अन्य बिषयबस्तुहरु समाधान गरिएको बताए। पालिकाको केन्द्र विवाद हालसम्म टुङ्गो नलागेको र सो विषय अदालतमा विचाराधिन रहेकोले यसलाइ समाधान गर्न समन्वयले विशेष भुमीका खेल्न आग्रह गरे।

जिल्ला समन्वय समितिका उप प्रमुख सचिन कुमार बडुवालले एकरुपता हुने गरी अन्तरपालीकाले समन्वय गर्नुपर्नेमा जोड दिए। पदाधिकारी विचको समन्वयको अभावलाइ समेत अन्त्य गर्नुपर्ने उप प्रमुख बडुवालले बताए ।

जिल्ला समन्वय समितिले माथि उठेका बिषयबस्तुहरु माथि देखिएका समस्याहरु समाधान गर्न मध्यसकर्ताको रुपमा रही प्रदेश मन्त्रालय तथा संघीय मन्त्रालयमा समाधानको लागी प्रयास गर्नुपर्नेमा सहभागीहरुले जोड दिए।

समन्वयात्मक बैठक गाउँपालिका अध्यक्ष बोध विक्रम जिसीको अध्यक्षता र जिल्ला समन्वय समितिका उप प्रमुख सचिन कुमार बडुवालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार