मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बैजनाथमा लागु औषधबारे अभिमुखीकरण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

बाँके। बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । 

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरिसकेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो । 

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, पत्रकार राकेशकुमार मिश्र, प्रहरी हवल्दार लक्ष्मी शाही, जनस्वास्थ्य निरिक्षक श्यामबीर शाही लगायतले लागु औषधको मानव स्वास्थ्यमा समस्या, कारण, लक्षण, पारेको प्रभाव, उपचार, प्रहरी अनुसन्धान, सहयोग, लागु औषधबारे कानूनी दण्ड सजायको व्यवस्था, समुदाय सचेतना, अभिभावकको भुमिका लगायतका बारेमा सहजीकरण गर्नु भएको थियो । 

बैजनाथ गाउँपालिका वडा नं. २ मा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको भन्दै अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्ने बताएका थिए । 

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले लागुऔषधको मानव स्वास्थ्यमा परेको समस्याका साथै सो चिन्न लक्षण र बच्ने उपाय, उपचार गर्दा पुर्ण निको हुने बताउनुभयो । 

वडा सदस्य भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सितादेबी विश्वकर्मा, शोभा थारु भुवानी दमाई स्वास्थ्य केन्द्र प्रमुख खेमराज सापकोटा इलाका प्रहरी कार्यालय नौबस्ताका निमित्त प्रमुख लक्ष्मी शाही लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ६० जनाको सहभागिता रहेको थियो । पालिकाको वडा नं. १ मा सो कार्यक्रम गरि अभिमुखीकरणको समापन गरिने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार