मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |

प्रचण्डको विश्वास पात्र पम्फा भुषाल माओवादी केन्द्रको महासचिव बन्दै

महमूद आलम खान 1132+ समाचार ( )
प्रचण्डसँग विश्वासपूर्ण सम्बन्ध रहेकी पम्फा भुसाल महासचिवको बलियो दावेदारका रुपमा देखिएकी छिन् ।
८ पौष २०७८, बिहीबार

काठमाडौं । पुस ११ देखि १३ सम्म हुन थालेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि दोस्रो शक्तिशाली र कार्यकारी भूमिकामा रहेको पद हो–महासचिव । महासचिवका लागि पार्टीभित्र आकांक्षीका दावी शुरु भएको छ । यद्यपी अध्यक्षमा निर्विकल्प मानिएका प्रचण्ड आफैले भने भावी महासचिवलाई लिएर कुनै संकेत दिएका छैनन् । त्यसैले माओवादीको भावी महासचिवलाई लिएर नेताहरुको आ–आफ्ना अड्कलवाजी छ।

महासचिवका लागि स्थायी कमिटी सदस्य एवं हालका उर्जा मन्त्री पम्फा भुसालले पनि दावी पेश गरेको नेताहरु बताउँछन् । यसो त नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलन नजिकिदै गर्दा पदाधिकारीमा आकाक्षीहरु पनि खुल्दै जान थालेका छन् । प्रचण्डसँग विश्वासपूर्ण सम्बन्ध रहेकी पम्फा भुसाल महासचिवको बलियो दावेदारका रुपमा देखिएकी छिन् । महासचिवमा भुसालबाहेक वर्षमान पुन, जर्नादन शर्मा र गिरीराजमणी पोखरेल पनि दावेदार देखिएका छन् ।

भुसालले निकटहरु र प्रचण्डसँगसमेत आफु अन्य नेताका तुलनामा धेरै सिनियर रहेकाले महासचिवको योग्य उम्मेद्वार रहेको बताउने गरेकी छिन् । विद्यार्थी राजनीतिदेखि हेर्ने हो भने पुन, शर्मा र पोखरेलभन्दा भुसाल बरिष्ठ हुन् । पुन र शर्मा स्थानिय तहको राजनीतिमा रहँदा भुसाल राजनितिको उपल्लो तह मै पुगिसकेकि थिईन । उनी २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्ष भएकी थिइन् । त्यो तत्कालीन नेकपा माओवादीको खुला मोर्चा थियो । २०५२ असारमा उनलाई हटाएर माओवादीले डा.बाबुराम भट्टराईलाई मोर्चाको अध्यक्ष बनाएको थियो ।

भुसाल पारिवारिक विरासतविना राजनितिमा होमिएर शीर्ष नेतृत्वमा पुग्ने पहिलो महिला पनि हुन् । महासचिव अध्यक्षपछिको कार्यकारी पद भएकोले महिलालाई अघि सार्नुपर्ने तर्क पनि माओवादीमा बृहत रुपमा बलियो छ । पम्फा भुसाल स्वयमले पनि पार्टी अध्यक्ष प्रचण्ड हुँदासम्म पहिलो नेताको रुपमा आफुलाई नसोच्ने बताउँदै आएकी छिन् । उनले एक अन्र्तवार्तामा भनेकी छिन् ‘अध्यक्ष प्रचण्डपछि अहिलेको पुस्ता कसैको नेतृत्व मान्दिनँ ।’

अहिले उनी माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये एक हुन् । देउवा सरकारमा पम्फाले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय हाँकिरहेकी छन् ।

अहिलेको सरकारमा सवैभन्दा राम्रो ‘पर्फमेन्स्’ देखाउने मन्त्रीमा उनी नै अगाडि छिन् । विपन्नलाई विद्युत महसुल निःशुल्क गर्ने, किसानलाई सिँचाइमा महसुल घटाउने, भारतसंग बिद्युत ब्यापार संझौता लगायतका कामले मन्त्री भुसाललको लोकप्रियता बढदै गएको छ । यी सवै कारणले गर्दा भुषालको सम्भावना बलियो रहेको माओवादी बृतमा चर्चा चल्न थालेको छ । यद्यपी महासचिव चुनावमार्फत वा सर्वसम्मत विधिबाट चयन हुन्छ भन्ने टुंगो लाग्न भने बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार