काठमाडौं । ललितपुरको बालकुमारीमा हिजो (शुक्रबार) दिउँसो घटेको घटनाको विरोधमा प्रदर्शन भएको छ । आज (शनिबार) दिउँसो १ बजे विरोध प्रदर्शन भएको हो ।
विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरूले घटनाको विरोध गर्दै घाइतीघरमा प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिना पहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा विरोध प्रदर्शन गर्न रोक लगाए पनि आज विरोध भएको छ ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरूले पुनः परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै हिजो बालकुमारीमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा दुई जना मारिएका छन् ।