मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धनगढीका नगरप्रमुख विपन्न बालबालिकालाई आफ्नो सुविधाबाट शैक्षिक सामग्री दिँदै

Youth Today News 1+ समाचार ( )
९ असार २०८१, आइतबार

धनगढी । धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विद्यार्थीहरूको सिकाइमा सुधारको लागि सहयोग गर्न विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूलाई आह्वान गरेका छन्। 

उहाँले सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दे भन्नु भएको छ,  विद्यालय र विद्यार्थीहरूको सङ्ख्या धेरै छ, कापीकलम किन्न समस्या भएका बालबालिकाको शिक्षामा सुधार ल्याउने यो अभियान योगदान दिन हार्दिक अपिल गर्दछु।

नगर प्रमुख हमालले विद्यार्थीहरूलाई कापी उपलब्ध गराउने सङ्घसंस्था तथा व्यक्तिहरूले आफूले चाहेको तस्बिर, सन्देशमूलक सामग्री, संस्थाको नाम तथा अरू कुनै सन्देश राख्न सक्ने समेत उल्लेख गर्नुभएको छ।

सो अभियानलाई सफल पार्न उहाँ आफैले आफूले पाउने पारिश्रमिक रकम ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि स्टेशनरी उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को तलब–सुविधाबाट पाउने करिब १० लाख रुपियाँबाट कापी, कलम खरिद गरेर ग्रामीण भेगका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई उपलब्ध गराउने उहाँले बताउनुभयो।

उहाँले गत अघिल्लो आर्थिक वर्षमा पनि आफूले पाएको करिब १० लाख रुपियाँबाट कक्षा ८ मा शून्य नतिजा ल्याएका धनगढीका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको थियो।

आर्थिक अभावमा कतिपय विद्यालयका विद्यार्थीहरूले कापी, कलम लगायतका शैक्षिक सामग्री किन्न नसक्ने, बिचमै स्कुल छोड्ने तथा नियमित स्कुल नजाने समस्या रहेकोले आफूले सो अभियान सञ्चालन गरेको नगरप्रमुख हमालले बताउनुभयो। 

नगरप्रमुख हमालले वितरण गरेको कापीमा हाम्रो धनगढी, सफा धनगढी तथा फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन, वृक्षारोपण गरी पर्यावरण बचाउने, दुर्व्यसनीबाट बच्ने उपाय, सरसफाइ सम्बन्धी सन्देशलगायतका चेतनामूलक सन्देश समावेश गरिएको छ।

नगरप्रमुख हमालले सुरुदेखि नै आफ्नो पारिश्रमिकसहितका सबै सुविधा रकम विद्यालय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार