मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा अत्याधुनिक पूर्वाधारसहितको मस्जिदको उदघाटन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

बाँके । बाँकेको नेपालगञ्जमा करोडौंको लागतरमा जामा मस्जिद निर्माण गरिएको छ। नेपालगञ्ज –३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहितको मस्जिद निर्माण गरिएको दारुल उलुम फैजुन्नबी जामा मस्जिद संचालक समितका प्रवक्ता आलम खानले जानकारी दिनु भयो।

जामा मस्जिदको आन्तरिक स्रोत र स्थानिय मुश्लिम समुदायको लगानीमा १० हजार वर्ग फिट क्षेत्रमा निर्माण गरिएको मस्जिदको धार्मिक प्रवचन र सामुहिक नमाज पढेर उदघाटन गरिएको प्रवक्ता खानले बताउनु भयो । 

दुई हजार जना सामुहिक रुपमा नमाज पढ्न सक्ने क्षमताको मस्जिद निर्माण भएपछि मुस्लिमहरुलाई नमाज पढ्न सहज हुने मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले बताउनु भयो । उहाँले मस्जिदको उदघाटन भए पनि निर्माणको काम धेरै बाँकी रहेकोले निर्माण सम्पन्न गराउनका लागि थप सहयोग गरिदिन मुस्लिमहरु संग अपिल गर्नु भयो । 

मस्जिद निर्माणले मुस्लिमहरुलाई धार्मिक कार्य गर्नका लागि चौतर्फीरुपमा सहयोग पुग्ने मुस्लिम अगुवा एवं नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले जिकिर गर्नुभयो । अल्लाहको घर एवं आस्थाको केन्द्रको रुपमा रहेको सबै भन्दा ठुलो मस्जिदको विकासले समग्र देश विकासको पथमा अगाडि बढेको आभास भएको हल्वाइले उल्लेख गर्नु भयो । 

नमाज पढाइ सकेपछि मुस्लिमहरुलाई सम्बोधन गर्दै जामा मस्जिदका प्रमुख धर्म गुरु मुफ्ती जाफर रजाले सबैभन्दा धेरै निरक्षर रहेको मुस्लिम समुदायलाई साक्षर गर्न जामा मस्जिद अघि बढाउन चाहेकोले आपसी मतभेदलाई अन्त्य गरेर अगाडि बढ्न अपिल गर्नु भयो । 

मस्जिदका बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँले जामा मस्जिदको उद्घाटनले मुस्लिमहरुलाई हर्षित बताउदै भन्नुभयो, मुस्लिम समुदायले अझै बालबालिकालाई शिक्षा दिन पछि परेकाले अन्य समुदायजस्तै अध्ययन अध्यापनमा जोड दिनुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो,‘सबै सूचकमा दलितभन्दा पनि पछि मुस्लिम समुदाय छन्, संघीय सरकारले मस्जिद र मदरसा शिक्षालाई मान्यता नदिँदा पनि यस्तो अवस्था आएको छ, मुस्लिम समुदायको जनगणनाको तथ्याङ्क पनि गलत रुपमा प्रस्तुत गरिएको छ ।, ‘ भौतिक संरचनाले भरिपूर्ण हुदै गएकाे जामा मस्जिदले मुस्लिम किशोरीहरुका लागि महिला क्याम्पस र धार्मिक शिक्षा संचालन गर्न तर्फ केन्द्रीत हुन सल्लाहकार मियाँले आग्रह गर्नु भएको थियो । 

जामा मस्जिदका सहसचिव अब्दुल अजीज काजी अन्सारीले मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वद्र्धन तथा सशक्तीकरणका माध्यमबाट सिंगो मुस्लिम समुदायको वृहत्तर विकासको लागि जामा मस्जिद समितिले भुमिका निर्वाह गर्ने जिकिर गर्नुभयो । उहाँले मस्जिद मदरसाको हकहित हुन नदिने गरि गतिबिधि गरे कानुन वमोजिम कारवाहीका लागि अगाडि बढ्ने उल्लेख गर्दै सिंगो मुस्लिम समुदायको बृहत्तर विकासका लागि सदभाव पूर्ण तरिकाले अगाडि बढ्ने सबै संग अपिल गर्नु भयो । 

मस्जिदको उद्घाटन कार्यक्रम समितिका कोषाध्यक्ष मोहम्मद हुसेन हल्वाइ, सदस्य कारी सगिर, मदरसा परिषद् लुम्बिनी प्रदेशका सदस्य सगिर खान, चाँद खान, रहिस हल्वाइ,इसहाक सिद्धिकि,सहबुद्दीन हल्वाइ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी, जामा मस्जिदका पुर्व अध्यक्ष फिदा हुसेन, उपाध्यक्ष मोहम्मद ज्याउल हक, अल्फात सिद्धिकि, कोषाध्यक्ष नफिस अन्सारी ,नेता अतहर हुसेन फारुकी, मुफ्ति कैफुलवरा खान लगायत मुस्लिम धर्म गुरु र मुस्लिम समुदायको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार