मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


बक्रा इदमा राँगा र खसीको मूल्य उच्च, मुस्लिमहरु महगो मूल्य तिरेर किन्न बाध्य

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बक्रा इद किन मनाउछन् मुस्लिमहरुः
२ असार २०८१, आइतबार

बाँके । मुस्लिम समुदायको दोस्रो ठूलो चाड बक्रा इदमा राँगा र खसीको माग बढेको छ । सो चाडमा अहिले राँगा र खसी किन्ने प्रतिस्पर्धा चलेको छ । बक्रा इदमा खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदिलाई कुर्वानी स्वरुप बली दिने चलन छ । बक्रा इद पर्वले जिल्लामा राँगा र खसीको मुल्य उच्च भएको व्यापारीहरु बताउँछन ्। यही असार ३ गते गते बक्रा इद मनाइँदैछ ।

मुस्लिम समुदायले (इदुल–अजहा)अर्थात बक्रा इदमा खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँटको कुर्वानी (बली) दिने चलन रहेकोले अहिले जिल्लामा राँगा र खसी किन्ने प्रतिस्पर्धा नै चलेको हो । राँगाको कारोबार समेत बढेको यो पर्वमा मोलमोलाई गर्ने चलन नभएको मुस्लिम अगुवाहरु बताउँछन् । जिल्लामा एउटा राँगाको ३० हजार देखि एक लाख र खसीको १० हजारदेखि ८० हजारसम्मको खरिद गर्ने गरेको पाइएको छ ।

बाँकेको एक मात्र राँगा बिक्री हुने रम्भा पुर बजारमा आज शनिबार कुरबानीका लागि राँगा किन्नेहरुको बाक्लो भिड लागेको थियो । इस्लामी संघ नेपालले बाँकेमा दुई सय रागाँ खरिद गरेको बताउदै संघका क्षेत्रीय अध्यक्ष उबेदुर रहमान खानले अतिपन्न परिवारलाई रागाँको कुरबानी गरेर मासु वितरण गर्नका लागि उक्त परिणमको राँगाँ खरिद गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, बाँकेको हिरमिनिया, खजुर गरी दुई ठाँउमा कुरबानीको सेल्टर निमार्ण गरिएको छ, उक्त सेल्टरहरुमा पुगेका गरिब परिवारलाई कुरबानीको मासु प्रदान गर्ने तयारी गरिएको जानकारी दिनु भयो ।

अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्रा इद मुस्लिम समुदायले हर्षोल्लासले मनाउने तयारी गरेका छन् । यसैका लागि उनीहरुले राँगा र खसी खरिद समेत गरेका छन् । आफ्नो गच्छ र सामथ्र्यले भ्याएसम्म खसी वा राँगा खरिद गर्नु पर्ने भए पनि कतिपय मुस्लिमले समाजमा रवाफ देखाउन र ठूलो बन्नका लागि बढी रकम तिरेर खसि खरिद गर्ने गरेको जामा मस्जिदका सदस्य मोहम्मद ज्याउलहकले बताउनु भयो ।

देखाउनका लागि महगो जनावर खरिद गर्नु ईस्लाम धर्मको खिलाफ रहेको हकको भनाई थियो । बजारमा महंगो र प्रतिस्पर्धा कै कारण विपन्न, र गरिब मुस्लिमहरु मर्कामा परेका छन् । बजारमा १० हजार घटीका खसी नै पाउन गाह्रो परेको हकले बताउनु भयो । उहाँले भन्नुभयो ‘ जति सानो खसीलाई पनि व्यापारीहरुले १० हजार भन्दा घटीमा बेच्दैन्न ।’

व्यापारीहरुले बक्रा इदकै मौका छोपी आफू खुसी मूल्य कायम गर्ने गरेका छन् । उता खसी व्यापारीहरुले बक्रा इदकै कारण जताततै राँगा र खसीको मूल्य वृद्धि हुने भएकाले आफूहरुले पनि बाध्य भइ बढी मूल्यमा राँगा र खसि बेच्ने गरेको रम्भापुर बजारमा भेटिएका पशु व्यापारी बिनोद यादवले बताउनु भयो ।

इस्लामी संघ नेपालका अध्यक्ष एंव मुस्लिम धर्म गुरु मौलाना नजरुल हसन फलाहीले बक्रा इदमा १ वर्ष नाघेका, चोट पटक नलागेका, स्वास्थ्य र दुरुस्त खसी चाहिने तथा मोलमोलाई गर्ने चलन समेत नभएकाले यो पर्वमा खसीको मूल्य आकासिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, २ वर्ष पुरा भई दुई वटा दाँत आएको स्वास्थ्य राँगाको कुरबानी दिने भएकोले विगतको भन्दा यस वर्ष बढी मूल्यमा बिक्री भईरहेको जिकिर गर्नु भयो । बक्रा इदमा अरु समय भन्दा राँगा र खसीको मूल्य तेब्बर र चोब्बर हुने गरेको फलाहीको भनाई थियो । 

बक्रा इद किन मनाउँछन मुस्लिमहरु ः

हिजरी संवत अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका समिम मियाँ अन्सारीले बताउनु भयो ।

उहाँले ऐतिहासिक बक्रा ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्लाहहो अलाईहेवसल्लमको जन्मले निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नु भएको थियो ।

‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका मोहम्मद ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’मियाँको भनाई थियो ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् ।

यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

मुस्लिम धर्मावलम्बीले असार ३ गते सोमबार देखि बुधबारसम्म तीन दिन यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली मौलाना मन्सुर आरफीले जानकारी दिनु भयो । यस अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार