मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

खोपले ओमिक्रोन भेरिअन्टबाट बचाउने छ : डब्ल्यूएचओ

महमूद आलम खान 1132+ समाचार ( )
कोभिडविरुद्धका खोपहरूले नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।
२१ मंगशिर २०७८, मङ्गलबार

एजेन्सी । कोभिडविरुद्धका खोपहरूले नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो।

तर ओमिक्रोन भेरिअन्टमा खोपको असर अन्य भेरिअन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा। माइक रायनले बताएका छन्।

‘हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्‍याउने सन्दर्भमा हालसम्मका सबै भेरिअन्टविरुद्ध प्रभावकारी देखिएका छन् र (ओमिक्रोन विरुद्ध) त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन’ डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक रायनले समाचार संस्था एएफपीलाई भने।

प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य स्ट्रेनुभन्दा बढी बिरामी नपार्ने देखिएको उनले जानकारी दिए।

‘यदि अरू केही भन्न सकिन्छ भने खोपले कम गम्भीर बनाउने चाहिँ पक्का हो,’ उनले भने।

अरू विज्ञहरूले समीक्षा नगरेको दक्षिण अफ्रिकामा गरिएको अध्ययनका अनुसार फाइजर खोप कोभिडको सुरुवाती स्ट्रेनसँग तुलना गर्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी हुन सक्छ।

ओमिक्रोन भेरिअन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार