न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मंगलबार सुन तस्करीमा महराको संलग्नता देखिने प्रारम्भिक प्रमाणहरूका आधारमा थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतको आदेशअनुसार महरालाई सुन्धारास्थित जगन्नाथ देवल कारागारमा पुर्पक्षका लागि पठाइएको छ।
यसअघि, यही असोज २७ गते महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो। कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रु. ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो कायम गरी तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ।
महराको पक्ष र विपक्षमा मंगलबारदेखि थुनछेक बहस चलेको थियो। बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले यही असोज २६ गते पक्राउ गरेको थियो। उनलाई विद्युतीय चुरोट (भेप)मा लुकाइएका सुनका बिष्कुट विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।