मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सप्तरीको दिगो विकासका लागि पूर्वाधार, सिँचाइ र शहरी सुधारमा पहलको माग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ मंगशिर २०८२, शनिबार

राजबिराज । सप्तरी जिल्लाका विभिन्न पूर्वाधार, सिँचाइ तथा शहरी विकाससम्बन्धी समस्याहरू समाधान गर्न तत्काल पहल गर्नुपर्ने मागसहित  भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ र शहरी विकास मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको छ।

पेश गरिएको ध्यानाकर्षण पत्रमा जिल्लामा सञ्चालित अधिकांश सडक निर्माण कार्य ढिलाइ, सिँचाइ प्रणाली जीर्ण हुँदै गएको अवस्था, शहरी अव्यवस्था र पर्यटन विकासको सम्भावना उपयोग हुन नसकेको विषयलाई गम्भीर रूपमा औल्याइएको छ।

रुपनी–राजविराज, राजविराज–हनुमाननगर–भारदह, कठौन–पातो, राजविराज–छिन्नमस्ता, हुलाकी मार्गलगायत महत्वपूर्ण सडक योजनामा लामो समयदेखि ढिलासुस्ती भइरहेकोले छिटो काम सम्पन्न गराउन माग गरिएको छ।

कृषि सम्भावनामा धनी भए पनि सिँचाइ अभाव झनै गहिरिँदै गएको उल्लेख गर्दै देशकै पुराना नहर संरचना—चन्द्र नहर र कोही नहर—जीर्ण भएकाले यसको पुननिर्माण, विस्तार र नहर नपुगेका क्षेत्रमा पम्प–बोरिङको व्यवस्था गर्न आग्रह गरिएको छ।

जिल्लाको एकमात्र ऐतिहासिक रङ्गशाला जीर्ण अवस्थामा रहेकोले यसलाई पुनर्निर्माण गरी विकसित खेल अवसंरचनाको रूपमा सञ्चालनमा ल्याउन मन्त्रीको ध्यानाकर्षण गरिएको छ।

नेपालको पहिलो प्लानिङ सिटीको रूपमा ख्याति प्राप्त राजविराजलाई पुनर्जीवित गर्न सडक, ढल, सार्वजनिक शौचालय, यातायात व्यवस्थापनलगायत शहरी पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गरिएको छ।

भूमिगत पानीको कमी तीव्र रूपमा बढ्दै गएपछि कोशी नदीबाट अतिरिक्त नहर निर्माण गरी खानेपानी आपूर्ति र सिँचाइ दुवै उद्देश्यले उपयोग गर्न सकिने योजनालाई प्राथमिकतामा राख्न माग गरिएको छ।

छिन्नमस्ता, कंकालनी, शम्भुनाथ, डाक्नेश्वरी, राजदेवीलगायत ऐतिहासिक धार्मिक स्थलहरू तथा भारदह–कोशी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आवश्यक सडक संरचना र पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराइएको छ।

स्थानीय सरोकारवाला तथा नागरिकको तर्फबाट पेश गरिएको ध्यानाकर्षण पत्रमा सप्तरीको दिगो विकास, कृषि उत्पादन वृद्धि, शहरी सुशासन र पर्यटन प्रवर्द्धनका लागि तत्काल हस्तक्षेप आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार