मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ज्ञान नेपालले ६ महिनामा ६ सय ६७ जनालाई दियो सूचना तथा परामर्श सेवा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२८ पौष २०८०, शनिबार

बाँके  । शुभ सन्देश सभा नेटवर्क नेपाल (ज्ञान नेपाल) ले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको छ । जसमध्ये २ जना महिलालाई साथी संस्थामा उद्धार गरी पठाइएको छ ।

बाँकेको नेपालगन्जस्थित जमुनाहामा मानव ओसार पसार तथा बेचविखन विरुद्ध जनचेतनाका लागि सूचना, निगरानी तथा परामर्श बुथ सञ्चालन गरेर उक्त सेवा प्रवाह गरेको हो । नेपालगन्जमा शनिबार वार्षिक कार्यक्रमको प्रगति प्रस्तुत तथा अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 

उक्त संस्थाका उपाध्यक्ष डक्टप्रसाद धितालले आफ्नो संस्थाले गरेको कामहरुबारे जानकारी दिएका हुन् । यसअघि आर्थिक वर्ष २०७९/०८० मा संस्थाले १ हजार ७ सय ७३ जनालाई सूचना तथा परामर्श प्रवाह गरेको छ । जसमध्ये १४४ जना (९१ महिला र ५३ जना पुरुष) लाई परामर्श पश्चात घर फकाइएको छ । यस्तै ३ जनालाई शक्ति समुहको सेल्टर होममा पठाइएको जानकारी दिइएको छ । 

संस्थाले समाज परिवर्तनका लागि विभिन्न सामुदायिक सचेतनामूलक कार्यक्रम गर्न रेडियो मर्निङ स्टार, गुडन्यूज खबर डटकम र गुडन्युज साप्ताहिक सञ्चालन, शैक्षिक सहयोग स्वरुप छात्रबृत्ति कार्यक्रम, आय आर्जनमुखी कार्यक्रम सञ्चालन, खानेपानी कार्यक्रम सञ्चालन, दुष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई होस्टेल सहित शैक्षिक सहयोग जस्ता कार्यक्रम गरेको छ ।  यस्तै जाजरकोटका भुकम्प प्रभावित ३३६ जनालाई पि फाम  लगायत ५० लाख बराबरको सामाग्री हस्तान्तरण गरेको जनाएको थियो । 

कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सेना, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा लगायतले बोलेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार