मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरका अध्यक्ष शाहद्धारा दशैँको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
दुर्गा भवानीको मूर्तिहरुको अवलोकन गर्न पुगेका अध्यक्ष शाहलाई भव्य सम्मान
१७ अशोज २०७९, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । 

नरैनापुरको ६ वटै वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गरी नरैनापुरको वडा नं. ३ मा आयोजित विशाल पूजाअर्चना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरबासी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको थियो । 

नरैनापुरका अध्यक्ष शाहले,बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर पालिका नरैनापुरमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यी पहिचानहरुलाई स्थापीत गराई राख्न समुदायमा धार्मिक सह अस्तित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राख्दै संस्कृतिको संरक्षणका लागी नयाँ पुस्ताले विशेष भुमिका खेल्नु पर्ने बताउनु भयो ।

विजयादशमीले नरैनापुरमा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भनि अध्यक्ष शाहले कामना गर्नु भएको थियो ।

अध्यक्ष शाह संगै नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा लगायतको टोली वडाको बिभिन्न टोलमा स्थापना गरिएको मूर्तिको अवलोकन गर्नु भएको थियो । 

मूर्तिको अवलोकन गर्न पुग्नु भएका नरैनापुर गाँउपालिका अध्यक्ष शाहलाई स्थानीयहरुले भव्य स्वागत गर्दै सम्मान समेत गरेका थिए । नरैनापुर २ का अध्यक्ष मसूद अहमद शाहले दशँैको शुभ कामना दिदै उहाँले नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नरैनापुर निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सतविचार र सतव्यवहारमा अग्रसर हुन पनि आग्रह गर्नु भएको थियो ।

वडा नंं ३ का अध्यक्ष अजय मिश्राले नरैनापुर धार्मिक रुपमा निकै सम्बेदनशील ठाँउको रुपमा परिचित रहे पनि पछिल्लो समयमा सदभावको नमूना बनेको बताउदै उहाँले नरैनापुरमा बसोबास गर्ने सबै धर्मका आस्थावानहरु मिलेर एक आपसमा पर्व मनाउने गरेको बताउनु भयो । अध्यक्ष मिश्राले दशैँ पर्ब शान्त,सभ्य तथा मर्यादित ढंगले मनाउन अनुरोध गर्दै दशैँको शुभ कामना दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार