मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

"विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ"

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

बाँके । विदेश जाने सपना धेरै युवाको जीवनको एउटा ठूलो चाहना हो । परिवारको भविष्य उज्यालो बनाउने आशामा उनीहरू घरबार, खेतबारी सबै साटेर विदेशको बाटो रोज्छन् । तर यही सपनालाई व्यवसाय बनाएर ठग्ने केही व्यक्तिहरू आज पनि सक्रिय छन् ।

त्यसमध्ये एक हुन् बाँकेको नेपालगञ्ज–१९ सुर्जि गाउँका २७ वर्षीय बिशाल जैसवाल, जसले ‘हाई ड्रीम ओभरसिज नेपाल इमिग्रेशन प्रा.लि.’ को नाममा युवाहरूलाई विदेश पठाउने सपना देखाउँदै ठगी गर्दै आएको खुलासा भएको छ। बाँके प्रहरीले जैसवाललाई पक्राउ गरी हाल विस्तृत अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीका अनुसार जैसवालले बाँके, सल्यान लगायतका युवाहरूसँग “विदेश पठाइदिन्छु” भन्दै लाखौं रुपैयाँ असुली गरेका थिए । जैसवाल सहयोगी घनश्याम गुप्तासँग मिलेर नक्कली भिसा बनाएर पीडितहरूलाई भारतसम्म लगेर अलपत्र पार्ने गरेको तथ्य बाहिर आएको छ ।

नेपालगञ्जका इन्सान अलि त्यही ठगीको प्रत्यक्ष शिकार बने । “जैसवालले मलेसिया पठाइदिन्छु भन्दै ३ लाख १० हजार रुपैयाँ लिए । भारतको कलकत्तामा १२ दिनसम्म राखे र अन्ततः नेपाल फिर्ता पठाइदियो। पछि ऊ र घनश्याम दुवै बेपत्ता भए ।” इन्सानको भनाई छ ।

यस्तै बैजनाथका दिल बहादुर छत्याल मगरले भन्नुभयो,“अल्बानियाको भिसा लगाइदिन्छु भनेर ४ लाख ५० हजार रुपैयाँ लिए । पछि थाहा भयो, भिसा नै फेक रहेछ। प्रहरीमा मुद्दा दर्ता गरेर पैसा र पासपोर्ट फिर्ता गराउने प्रयासमा छु।”

त्यसैगरी दिपा अधिकारीका अनुसार,“गत चैत्रमा मेरो श्रीमानलाई हंगेरी पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिए । पछि न त विदेश पठायो, न त पैसा फिर्ता दियो। सोध्दा त धम्की दिन्थ्यो ‘जे गर्नु छ गर’। अन्ततः कानुनी बाटोमा जान बाध्य भइयो ।”

यसैबिच बिशाल जैसवालविरुद्ध सल्यान कोटबारा घर भएका दुई जना न्यायको खोजीमा नेपालगञ्ज आइपुगेका छन् ।पीडितका अनुसार, उनीहरूले छोराहरुलाई ग्रिस पठाउने भन्दै ३ रुपैयाँ सैकडामा पैसा निकालेर जैसवाललाई जम्मा १२ लाख रुपैयाँ दिएका थियौं । तर जैसवालले नक्कली भिसा र टिकट बनाएर छोराहरुलाई दुई महिना दिल्ली र एक महिना काठमाडौंमा राखेपछि घर फर्काएको उहाँहरुको भनाइ छ ।एक वृद्धले आँसु झार्दै भन्नुभयो, “हामीले पसिना बगाएर जोहो गरेको पैसा छोरालाई विदेश पठाउने भनेर दियौँ । तर पछि थाहा भयो,भिसा र टिकट दुबै नक्कली रहेछन्।”

अर्का पीडितले भन्नुभयो,“पैसा फिर्ता माग्दा पनि जैसवालले दिएन, पछि त सम्पर्कमै आउन छाड्यो । अब बाँके प्रहरीले नै न्याय दिलाउने आशा लिएका छौं ।”

यी घटनाहरूले स्पष्ट देखाउँछन्, विदेशको सपना बेच्ने र मानव श्रमको व्यापार गर्ने ठगहरूको जालो अझै भत्किएको छैन।

बाँके प्रहरीले भने ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी स्रोतका अनुसार, अन्य सम्भावित संलग्नहरूबारे पनि अनुसन्धान भइरहेको छ ।

तर यो एउटा घटनामात्र होइन । नेपालगञ्जमा दुई दर्जनभन्दा बढी अबैध म्यानपावर कम्पनीहरू दर्ता बिना सञ्चालनमा रहेको खुलासा भएको छ । यी कम्पनीहरूले कुनै कानुनी स्वीकृति नलिई विदेश पठाउने नाममा ठगी, पासपोर्ट रोक्ने, धम्की दिने कार्य गर्दै आएका छन् ।

पीडितहरूले गृहमन्त्री ओमप्रकाश आर्याल संग आग्रह गर्दै भनेका छन्,“अबैध रूपमा सञ्चालनमा रहेका म्यानपावरहरू तुरुन्तै बन्द गरिनु पर्छ । ठगहरूलाई कडा कानुनी कारबाही हुनुपर्छ ।”

कानुनी विज्ञहरूका अनुसार, यस्ता कार्यहरू मानव बेचबिखन तथा ठगी ऐन अन्तर्गत गम्भीर अपराधको श्रेणीमा पर्छन् । यदि प्रमाणित भयो भने दोषीलाई कैद र जरिवानाको सजाय हुन सक्छ।

युवाहरूको पसिना र सपना बेच्नेहरूको जालो कहिले अन्त्य हुन्छ भन्ने प्रश्न अझै बाँकी छ । तर पीडितहरू भन्छन्,“हामीलाई विदेशको सपना होइन,न्याय चाहिन्छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार