मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) बाँकेले आफ्नो पार्टीबाट निर्वाचित आठ वटै पालिकाका बिजयी जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ ।
४ असार २०७९, शनिबार

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) बाँकेले आफ्नो पार्टीबाट निर्वाचित आठ वटै पालिकाका बिजयी जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ । माओवादी जिल्ला समन्वय समिति संयोजक डम्बर बिक (तुफान) को अध्यक्षतामा भएको सम्मान तथा प्रशिक्षण कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाइ सम्मान पत्र सहित प्रशिक्षण गरेको हो । 

नेकपा माओवादी केन्द्र बाँकेबाट स्थानीय तहमा निर्वाचित ६७ जना जनप्रतिनिधिलाई पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताले प्रशिक्षण गरेको सचिव डिल्ली बराल (अमिर) ले गुडन्युज खबरलाई बताउनु भयो । बाँकेका ८ तहमध्य खजुरा गाउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बाँके संयोजक तुफान बिजयी हुनुभएको थियो भने १७ जना वडा अध्यक्ष, ४९ जना सदस्य निर्वाचित भएका थिए । निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिदै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन विभागका सचिव अशोक रोकाय ( संकल्प) ले जनताको सेवामा खिटिएर कामगर्न निर्देशन दिनु भयो । माओवादी पार्टीको मूल्य र मान्यतामा रहेर जनताको सेवा गर्न कुनै कसुर बाँकि नराख्नुस भन्दै रोकायले गाउपालिका अध्यक्ष, वडा अध्यक्ष, र सदस्यहरुलाइ निर्देशन दिनु भयो । नेकपा माओवादी केन्द्रकि केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी (नमुना) ले जनताको काम गर्दा जस्तोसुकै परिस्थितिको सामना गर्नु परे गर्नुस तर जनताको कामलाई प्रहिलो प्राथमिकतामा राख्नुस भन्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उत्साह दिनु भयो । त्यस्तै केन्द्रिय सदस्य अन्जना चौधरी, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा चौधरी (कबिर), लुम्बिनी प्रदेश सहसचिव अकल बहादुर बमले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनु भयो । 

कार्यक्रम समापन गर्दै संयोजक तुफानले जनताले गरेको बिश्वासलाई गुम्न नदिने बताउनु भयो । जनताको घरदैलोमै पुगेर जनताको सेवागर्न आफूहरु तयार भएको र अन्य जनप्रतिनिधिहरु पनि लागि पर्नु पर्ने बताउनु भयो । मौरी होटलमा आयोजना भएको सो कार्यक्रमको संचालन बाँके सचिव डिल्ली प्रसाद बराल (अमिर) ले गर्नु भएको थियो भने अन्य तयारी कार्यालय सचिव अर्जुन कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार