मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्वास्थ्य पौडेलले संघीय अस्पतालहरुलाई दिएको ९ बुँदे निर्देशन कार्यान्वयन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुलाई दिएको ९ बुँदे निर्देशन कार्यान्वयन भएको छ ।

मन्त्री पौडेलले संघीय अस्पतालहरुको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि साउन ३ गते देशभरका संघीय अस्पताल तथा प्रतिष्ठानहरूका प्रमुखहरूसँग संयुक्त छलफल गरेका थिए ।

छलफलपछि मन्त्री पौडेलले दिएको ९ बुँदे निर्देशनलाई कार्यान्वयन गरिएको दाबीसहित अस्पतालहरूले विवरण मन्त्रालय पठाएका छन् । मन्त्रीले दिएको निर्देशन अनुसार १७ वटा अस्पतालले सेवालाई प्रभावकारी र सहज बनाउनका लागि विभिन्न उपायहरू अवलम्बन गरेको जानकारी मन्त्रालयलाई गराएका हुन् ।

अस्पताल र प्रतिष्ठानहरुले पठाएको विवरण अनुसार अस्पतालहरुले भिड नियन्त्रणका लागि अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्जबीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीजस्ता कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

यसका साथै बीमामा उल्लेख भएका औषधीहरू सकेसम्म धेरै मात्रामा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने व्यवस्था मिलाइएको दाबी पनि गरिएको छ । विभिन्न अस्पतालले पठाएको रिपोर्ट अनुसार पहिले ४० प्रतिशत बीमाका औषधी पाइने फार्मेसीमा अहिले ८० प्रतिशतसम्म औषधी उपलब्ध हुन थालेका छन् ।अस्पतालहरूले पूर्वाधारका साथै व्यवस्थापकीय काममा पनि सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था गरेको, शौचालयको सरसफाइमा सुधार गरेको, निःशुल्क पिउने पानीको व्यवस्था गरेको, गुनासो व्यवस्थापनका लागि हेल्पडेस्क राखिएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार