बाँके । हिन्दु धर्मावलम्बीहरुको महान पर्ब घटस्थापनादेखि बिधिवत रुपमा शुरु हुने १० दिने दशैं नेपालका जनताहरु हर्षोउल्लासका साथ मनाउने गर्दछन ।
दशैंको समयमा स्थापना गरिने मुर्तिका लागि बिभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । नरैनापुर गाउँपालिका वडा नं ४ को बिभिन्न टोलमा स्थापना गरिएको मुर्तिका लागि वडा अध्यक्ष मनोज शर्माले ५ हजारका दरले ७ वटा नव दुर्गापूजा समितिलाई सहयोग गर्नु भएको छ ।
वडा अध्यक्ष मनोज शर्मा युथ टुडे न्युज संग कुरा गर्दै भन्नुभयो,दशैंमा खासगरि पहाडी समुदायमा दस दिन मासु खाई रमाईलो गर्दै मनाउने चलन रहदै आएको छ । तर मधेशमा भने दशैंको दश दिन अलि फरक तरिकाले मनाउने गरेको बताउनु भयो ।
यसैगरी वडा अध्यक्ष शर्माले मोहम्मद डे मनाउनका लागि खलिल खाँलाई १० हजार सहयोग गरेको बताउनुभयो ।
वडा अध्यक्ष शर्माले भन्नुभयो, दशैंमा खासगरि मधेशी समुदायका मान्छेहरु नवरात्री भनेर बिशेष तरिकाले मनाउने गरेका छन । दशैंमा देबी दुर्गाको दस दिन पुजा गर्नको लागि यस समुदाय ब्यक्तिहरु आफनै गाउँठाउँमा रहेको दुर्गा मन्दिरमा सामुहिक रुपमा भेला भएर ९ दिनसम्म ब्रत बस्ने गरेको बताउनुभयो ।
यता नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाको ६ वटै वडामा स्थापना गरिएको मुर्तिका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।