मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपाल एयरलाइन्सका पाइलट शेर्पालाई उड्डयन मन्त्रालयले सोध्यो स्पष्टीकरण

महमूद आलम खान 1132+ समाचार ( )
गन्तव्यमा नपुर्याएर बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका ‘सन्की पाइलट’ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
७ मंगशिर २०७८, मङ्गलबार

काठमाडौं । गन्तव्यमा नपुर्याएर बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका ‘सन्की पाइलट’ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

सोमबार काठमाडौंबाट रुकुमका लागि उडेकाे जहाजलाई आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगन्जमा यात्रुहरुलाई ओरालेर बिचल्लीमा पार्ने पाइलट पेम्बा शेर्पालाई मंगलबार मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

एअरलाइन्सको ट्वीनअटर जहाज पाइलट पेम्बा शेर्पाले चलाएका थिए । यात्रुहरुले पाइलटको सनकले आफूहरु बिचल्लीमा परेको भन्दै गुनासो गरेपछि पर्यटनमन्त्री मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको बताइएको छ।

मन्त्री आलेले पाइलट शेर्पाबाट चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने र कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम गरे तुरुन्तै कारबाहीको भागिदार हुनुपर्ने भनेका छन् ।

एयरलाइन्सले भने पाइलट शेर्पाको बचाउ गर्दै पाइलट शेर्पाको ड्युटी बेलुका ४ बजेसम्म मात्रै र सोमबार मौसम प्रतिकूल भएकाले जहाज गन्तव्य नपुगेको भनेको छ ।

काठमाडौंबाट सोमबार रुकुमका लागि उडेको जहाज मंगलबार बिहान गन्तव्यमा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार