बाँकेबाट १०० वटा खसी बोका काठमाडौँ पठाइयो
२३ अशोज २०८१, बुधवार
बाँके । दशैंका लागि यस वर्ष राप्ती सोनारी गाउँपालिका–६ टेपरीमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था संग बर्दिया लोकल मिट सप्लायर्सले खरिद गरेर काठमाडौं पठाएको छ ।
२९ सय ६० केजी तौल भएको १०० वटा खसी बोका सहकारी मार्फत खरिद गरि बर्दिया लोकल मिट सप्लायर्सलाई बिक्री गरिएको सहकारीकी प्रबन्धक दिव्य गुरुङले बताउनुभयो ।
प्रत्येक वर्ष राप्ती सोनारीबाट काठमाडौं खसीबोका पठाउने गरिएको छ । गुरुङका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजी सम्मका बोका खरिद गरी काठमाडौं पठाइएको हो । 
जिउँदो खसी र बोका प्रति केजीको पाँच सय २५ का दरमा खरिद गरिएको उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, दशैंका लागि ३ सय खसी बोका पठाउनका लागि किसान संग खरिद गर्ने काम गरिरहेको जानकारी दिनु भयो ।