मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती सोनारीका अग्नी पिडितलाई वडाले दियो राहात, २० लाख भन्दा बढीको क्षति

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा भएको आगलागिबाट विस्थापित बनेका ७ जना परिवारलाई वडा नंं ७ ले राहात उपलब्ध गराएको छ । राप्ती सोनारी ७ का झगडियाका बिरिजा गद्दी,जेलेश्वर गद्दी,द्ददु गद्दी, नूरुद्दीन गद्दी, नन्दे गद्दी, रमेश गद्दी र दिनेश गद्दीको पुरै घर जलेर नष्ट भएपछि तत्कालका लागि राहात उपलब्ध गराएको वडा अध्यक्ष राम लखन थारुले जानकारी दिनु भयो ।

मंगलबार बेलुका झगडियामा आगोलागी भएको हो । आगोलागीबाट जलेर ७ जनाको घर पुर्ण रुपमा नष्ट भई २० लाखभन्दा बढिको क्षति भएको छ । घर जलेर नष्ट भएपछि तत्कालका लागि अस्थाई बसोबासका लागि त्रिपाल, खाद्यान्न तथा भाँडाकुँडा उपलब्ध गराईएको वडा अध्यक्ष थारुले बताउनु भयो । 

वडा अध्यक्ष थारु पिडितहरुको घरमै पुगेर राहात सहयोग हस्तान्तरण गरेका हुन् । तत्कालका लागि राहात उपलब्ध गराईएको र गाँउपालिकाको तर्फबाट थप सहयोग पहल गरी रहेको बताउनुभयो । 

नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो भने दमकल समयमै आएकोले मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिनु भएको थियो । आगलागीमा परी ४ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार