मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

सरकारी सेवा लिन नागरिकतासँगै राष्ट्रिय परिचयपत्र समेत प्रचलनमा ल्याउने सरकारको निर्णय

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौँ । सरकारले सरकारी सेवा लिनका लागि नागरिकतासँगै राष्ट्रिय परिचय पत्र समेत प्रचलनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले केही सेवाहरूमा राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन सकिने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले नागरिकताको प्रमाणपत्र प्रयोग हुने सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको तयारी रहे पनि पहिलो चरणमा परीक्षणका रुपमा केही क्षेत्रमा मात्र राष्ट्रिय परिचयपत्र प्रयोगमा ल्याउन लागेको बताउनुभयो ।

सञ्चार मन्त्री शर्माले दिनुभएको जानकारी अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने, ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा.रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार