मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |

वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिकाउदै लियाना

यूथ टुडे समाचारदाता 3319+ समाचार ( )
लियाना म्यानेजमेन्ट सर्भिसेजका प्रमुख उदय खत्रीले पछिल्लो समयमा दक्ष भएर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्नुलाई राम्रो उपलब्धिका रूपमा लिन सकिने बताउनुभयो ।
४ असार २०८२, बुधवार

बाँके । बैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिकाउने र दक्ष बनाउने अभियानमा लागेको बताउदै लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर नेपालगञ्जका डाइरेक्टर भोदुराम थारु सरले भन्नुभयो, सेवा, सुविधा वृद्धि गर्न गरी सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा आफुहरुले पठाउने बताउनु भयो । उहाँले भन्नुभयो, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिक्न लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले आवश्यक संरचना निर्माण गरेकोले तालिम लिन युवाहरुलाई अवहान गर्नु भयो ।

लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले वायरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट/टेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्न जाने कामदारहरुलाई तालिम दिने छ । नेपाली नागरिकलाई न्यूनतम सीप सिकाएर मात्र वैदेशिक रोजगारमा पठाउने सरकारको नीतिअनुसार लियानाले सीप प्रदान गर्न सुरु गरेको छ । जुन क्षेत्रमा जाने हो, कामदारले त्यही क्षेत्रको सीप सिक्नु पर्नेछ ।

खाडी मुलुकले नेपालबाट सीपयुक्त जनशक्ति मागेपछि तालिम दिने व्यवस्था मिलाइएको लियानाका सिइओ अभिषेक थारुले बताउनु भयो । वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत रहेको विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप अनिवार्य गर्दा उनीहरूले मर्यादित श्रम गर्ने राम्रो वातावरण पाउन सक्छन् ।

लियाना म्यानेजमेन्ट सर्भिसेजका प्रमुख उदय खत्रीले पछिल्लो समयमा दक्ष भएर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्नुलाई राम्रो उपलब्धिका रूपमा लिन सकिने बताउनुभयो । यो सङ्ख्या भारत, फिलिपिन्स, बङ्गलादेशलगायतका अन्य मुलुकका तुलनामा कम भए पनि नेपालका सन्दर्भमा भने सुधारिएको उहाँको भनाइ छ । 

वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिएका कामदार मात्र पठाउने निति बनाएर अगाडि बढेपछि सहज भएको बताउदैं उदय खत्रीले भन्नुभयो, ‘हातमा सीप भएका र दक्ष कामदार पठाउन सक्यो भने कामदारको आय स्रोत पनि राम्रो हुन्छ । हाल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् । यतिकै संख्यामा दक्ष कामदार पठाउन सकिन्छ । कामदारको संख्या उच्च भएपनि उनीहरुको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउँछ ।’ खत्रीले भन्नुभयो, हामीले काठमाडौं पछि पश्चिम नेपाललाई केन्द्र मानेर नेपालगञ्ज लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर संचालनमा ल्याएका छौं लियानाले दक्ष जनशक्ति उत्पादन गरि युवाहरुलाई सक्षम बनाउने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार