मुख्य समाचार
युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न |

ऐतिहासिक कार्तिक पूर्णिमा मेला नरैनापुर–६, गंगापुरमा भव्य रूपमा सुरु

यूथ टुडे समाचारदाता 3419+ समाचार ( )
२० कार्तिक २०८२, बुधवार

नरैनापुर । दशकौँदेखि निरन्तर लाग्दै आएको प्राचीन तथा ऐतिहासिक कार्तिक पूर्णिमा मेला आज नरैनापुर गाउँपालिका–६, गंगापुरमा भव्य रूपमा उद्घाटन गरिएको छ ।

मेलाको उद्घाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कृष्णा के.सी. (नमुना) ले संयुक्त रूपमा गर्नुभएको हो ।

उद्घाटन समारोहमा स्थानीय अगुवाहरू, भलाभद्र, समाजसेवी, बुद्धिजीवी र जनसमुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने,“कार्तिक पूर्णिमा हाम्रो धर्म, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको चाड हो। यो मेलाले नरैनापुर मात्र होइन, सम्पूर्ण बाँके जिल्लाको सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ। पालिकाको तर्फबाट म यस मेलाको निरन्तरता र भव्यता बढाउन सबैलाई सहयोगको आग्रह गर्दछु ।”

त्यस्तै, प्रमुख अतिथि तथा पूर्व मन्त्री कृष्णा के.सी. (नमुना) ले शुभकामना दिँदै भनिन्,“गंगापुरको कार्तिक पूर्णिमा मेला केवल धार्मिक कार्यक्रम होइन, यो हाम्रो सामाजिक एकता र सहअस्तित्वको प्रतीक हो। यस्तो मेलाले सीमा क्षेत्रमा रहेका दुवै देशका जनताको सम्बन्धलाई अझ मजबुत बनाउँछ ।”

तीन दिनसम्म सञ्चालन हुने यो ऐतिहासिक मेला २४ सै घण्टा खुला रहने शिक्षक दिपक अन्जानले जानकारी दिनु भयो । मेलामा धार्मिक पूजाआर्चना, विविध सांस्कृतिक झाँकी, स्थानीय उत्पादनको प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

साथै, रात्रीकालीन मनोरञ्जनका लागि भारतीय चर्चित डान्सरहरूको बेजोड प्रस्तुति रहने भएकाले मेलाको आकर्षण झन् बढ्ने अपेक्षा गरिएको छ ।

स्थानीयहरूका अनुसार, कार्तिक पूर्णिमा मेलाले नरैनापुर–गंगापुर क्षेत्रको संस्कृति, आस्था र पहिचानको जगेर्ना गर्दै आएको छ र यसले यहाँको आर्थिक र सामाजिक गतिविधिलाई समेत सशक्त बनाउने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार