मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँके–२ मा ‘हाईटेक’ बिष्टको सचिवालयसहित सशक्त अभियान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
फागुन २१ को चुनावी मैदानमा दिपेन्द्र बिष्ट आक्रामक
११ माघ २०८२, शनिबार

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपाका केन्द्रीय सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र बिष्टले चुनावी अभियानलाई तीव्र बनाएका छन्। अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन बिष्टले आफ्नै निवासमा चुनावी सचिवालय सञ्चालनमा ल्याएका छन्।

बाँके–२ मा निर्वाचन परिचालनलाई मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको सचिवालयबाट राजनीतिक, संगठनात्मक र डिजिटल अभियान एकैसाथ सञ्चालन गरिनेछ। सचिवालयको नेतृत्व डा. डक्ट प्रसाद धिताल र प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहराले गर्ने छन्।

सचिवालय अन्तर्गत युवा परिचालन, रणनीति निर्माण तथा अन्य उपसमितिहरू गठन भइसकेका छन्। विशेषगरी डिजिटल अभियानलाई प्राथमिकतामा राख्दै फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्न २० जनाको विशेष टोली खटाइएको छ।

यस्तै, राजनीतिक रूपमा महत्वपूर्ण निर्णय लिनका लागि छुट्टै विशेष टिम तयार गरिएको छ। मतदाताको सर्वेक्षण, क्लस्टरअनुसार रणनीति निर्माण तथा विभिन्न कार्यक्रमहरूको कार्यान्वयन यही सचिवालयबाट गरिने योजना रहेको छ।

व्यवस्थित संगठन, प्रविधिमैत्री अभियान र तथ्यमा आधारित रणनीतिसहित दिपेन्द्र बिष्ट बाँके–२ को चुनावी प्रतिस्पर्धामा सशक्त रूपमा उत्रिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार