मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवा साक्षर गाउँपालिका घोषणा, ९६.२५ प्रतिशत नागरिक साक्षर

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपाल सरकारको निर्णय नेपाललाई पुर्ण साक्षर देश घोषणा गर्ने नीति तथा साक्षर नेपाल वर्ष २०७६ अवधारणा अनुसार गाउँपालिका ६ वटैसंगै साक्षर गाउँपालिका घोषणा भएको हो ।
३० असार २०७९, बिहीबार

डुडुवा । बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो । नेपाल सरकारको निर्णय नेपाललाई पुर्ण साक्षर देश घोषणा गर्ने नीति तथा साक्षर नेपाल वर्ष २०७६ अवधारणा अनुसार गाउँपालिका ६ वटैसंगै साक्षर गाउँपालिका घोषणा भएको हो । 

आज विहीबार एक समारोहका विच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले घोषणा गर्दै बाँके जिल्लाका ८ वटै पालिका साक्षर घोषणा भईसकेकाले अब दुई तीन दिनभित्रै जिल्लालाई नै साक्षर घोषणाको तयारी भइरहेको बताउनुभयो । उहाँले मानिसको पहिलो आवश्यकता भनेको शिक्षा नै भएकाले शिक्षाविना मानिस पशु सामान भएकाले सबैलाई साक्षर हुनुपर्नेमा जोड दिदै शिक्षाको ज्योती बढेमा समाजको विकास हुने बताउनुभयो ।

सभामा बोल्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रमा जिल्लामै पहिलो पालिका भइसकेकोले यो वर्षदेखि अब शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भन्दै शिक्षा क्षेत्रमा थुप्रै समस्या भएपनि त्यसलाई समाधानको पहल गरि शिक्षामा नमुना पालिका बनाउने लक्ष्य लिएको बताउनुभयो । प्रमुख चौधरीले शिक्षालाई राष्ट्रिय सम्पत्तीको रुपमा लिइएको र यो शिक्षा कहिले पनि नमर्ने भएकाले यसको आश्यकता हरेक नागरिकलाईको रहेको बताउनुभयो ।

उहाँले सबै कुराको परिवर्तन गर्ने शिक्षा नै भएकोले यसको महत्व बढदै गएको र अहिले सूचना प्रविधीको विकास भएसंगै त्यसको मागका आधारमा शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका निमित्त प्रमुख उद्धव श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, डुडुवा गाउँपालिका १ नं. वडा अध्यक्ष पटेश्वर कुर्मी, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख सञ्जय कर्णले साक्षर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

गाउँपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९६.२५ प्रतिशत जनसंख्या साक्षर भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । विक्रम सम्मत २०७५ सालको सर्भेक्षण अनुसार पालिकाको कुल जनसंख्या ४५ हजार १९ मा १५ देखि ६० वर्ष उमेर समुहका २६ हजार १० जनामध्ये १५ हजार ६२४ जना पहिलै नै साक्षर रहेको र १० हजार २ सय ८९ जना निरक्षर रहेकोमा हाल ९ हजार ९०३ जना साक्षर भएको तथ्याक प्रतिबेदनमा उल्लेख रहेको छ । 

प्रतिवेदनको तथ्याक अनुसार ९ हजार ९०३ अन्र्तगत ४ हजार ३ सय ६२ जना पुरुष र ५ हजार ५ सय ४१ जना महिला साक्षर भएको शिक्षा शाखा प्रमुख सञ्जय कर्णले बताउनुभयो । गाउँपालिकाको वडा नं. १ मा ९५.८ प्रतिशत, २ मा ९५.११ प्रतिशत, ३ मा ९६.९० प्रतिशत, ४ मा ९६.०८ प्रतिशत, ५ मा ९६.०८ प्रतिशत र ६ मा ९८.५३ प्रतिशत नागरिक साक्षर भएको आज प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख छ । तथ्याक अनुसार सबै भन्दा बढी साक्षर प्रतिशत वडा नंं ६ मा रहेको भने साक्षर प्रतिशत कम भएको वडा नं. १ रहेको छ । 

साक्षर पालिका घोषणा गर्नका लागि घरधुरी सर्वेक्षण, प्रचार प्रसार अभियान, कार्यपालिका तथा शिक्षा समितिको नीतिगत निर्णय, अभियान अन्तर्गत गाउँपालिकाभित्र रहेका सम्पूर्ण बाल बिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुमार्फत कार्यरत क्षेत्रभित्रका टोलहरुमा साक्षरता कार्यक्रम संचालन, साक्षर अभियान जिल्ला समन्वय समितिबाट अनुगमन, मूल्यांकन तथा सुझाव प्रदान लगायतका कार्यक्रम तथा अभियान संचालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार