मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगञ्जको कान्ति ताल पर्यटकीय स्थलको रुपमा विकास हुँदै

महमूद आलम खान 1132+ समाचार ( )
वर्षौँदेखि बेवारिस अवस्थामा रहेको ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार नै फेरिएको छ ।
९ वैशाख २०७९, शुक्रबार

बाँके । नेपालगञ्जको कान्ति ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ ।

वर्षौँदेखि बेवारिस अवस्थामा रहेको ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार नै फेरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्ने कान्ति ताललाई साढे दश करोड लगाएर ‘हराभरा’ गराइएको छ ।

उपहानगरपालिकाका इन्जिनियर सुरज शर्माले कान्ति तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरिएको बताए । ‘दूरगामी सोचका साथ कान्ति तालको विकास गरिएको छ, शर्माले भने, राम्रो मानव बस्तीको कल्पना गरिएको छ । पर्यटकका लागि आकर्षित ठाउँ बनाइँएको छ ।’

कान्ति ताल २५ बिगाहमा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनुका साथै तालमा बोटिङको प्रवन्ध गरिँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि कान्ति ताललाई हेर्न लायक बनाउने रणनीति अनुसार काम गर्दै आएको छ । 

बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकीय स्थल बने पछि आसपासका बासिन्दा खुशी भएका छन् । तालको छेउछाउको जग्गाको मूल्य आकाशिएको छ । स्थानीय पप्पु पासीले ताललाई पर्यटकीय गन्तव्य बनाउन थालिएपछि आफूहरु धेरै खुशी भएको बताए । ‘भैँसी आहाल खेल्ने ठाउँको रुपमा परिणत भएको थियो । केही वर्षयता उपमहानगरपालिकाले लगातार काम गरेर सौन्दर्यीकरण गरेको छ’, पासीले भने, ‘अहिले नै साँझ र बिहान मान्छेको भीड लाग्ने भइसकेको छ । तालमा बोटिङको व्यवस्था भयो भने त मान्छेको लाइन नै लाग्छ ।’

ताल वरिपरी बाटो बनाइएको छ । २५ बिगाहको ताललाई घेरेर बाटो, नाली, वृक्षारोपण गरिएपछि अहिले बिहान र बेलुका हिँड्नेको भीड लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यको मजा लिँदै शहरका विभिन्न ठाउँबाट ताल एरियामा पुग्ने गरेका छन् । टिकटक बनाउने र फोटो खिचाउनेहरु प्रशस्त भेटिन्छन् ।

पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीय स्थल बनाउने उपमहानगरपालिको योजना रहेको छ । नेपालगञ्जको वडा नम्बर १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।

आजकै दिनमा नेपालगञ्जमा बाह्य पर्यटकमा आएमा देखाउने ठाउँ भनेको बागेश्वरी मन्दिर, महेन्द्रपार्क र व्यक्तिगत रुपमा खोलिएका फनपार्कहरु रहेका छन् । चालु आर्थिक वर्षमै सबै काम सक्ने गरि कान्ति तालमा काम भइरहेको छ । कान्ति ताल र वाटरपार्कको निर्माण सम्पन्न भएमा नेपालगञ्ज आउने पर्यटकको केही दिनको बसाई रमणीय हुने विश्वास गरिएको छ ।

नेपालगञ्जमा पश्चिम नेपालको पर्यटकीय स्थलको भ्रमण गर्न आउने पर्यटकको लागि प्रवेशद्वार मानिन्छ । यहाँबाट नेपाल भित्रिएका पर्यटकलाई एक–दुई दिन नेपालगञ्जमै बास बसाउनका लागि कान्ति ताल, वाटरपार्कको सौन्दर्यकरण आवश्यक रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार