मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्रपा बाँकेको सहसचिवमा इन्दिरा शाही मनोनित

महमूद आलम खान 1133+ समाचार ( )
“आजको युगमा महिलाले पुरुषको शासनमा खुम्चिएर बस्नु हुँदैन । हरेक पार्टीको अध्यक्ष मात्र होइन, स्थानीय तहको प्रमुख पदमै अब महिलालाई पु-याउनु जरुरी छ” शाहीको भनाइ थियो ।
८ माघ २०७८, शनिबार

बाँके । राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्लाको सहसचिवमा इन्दिरा शाहीलाई मनोनित गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अनुसार जिल्ला सहसचिवमा  शाहीलाई मनोनित गरेको जनाएको छ । “अरु राजनीतिक दल भाषण र कागजमा मात्र समावेशीका कुरा गर्छन्”, पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले भन्नुभयो, “हामीले व्यवहारमै पार्टीमा महिलालाई नेतृत्व तहमा पु-याएका छौँ ।” हरेक समितिमा महिलाको सहभागिता सुनिश्चित गरिएको बताए । 

पुरुषसँगको प्रतिस्पर्धाबाटै आफू स्थानीय निर्वाचनमा नेतृत्वका लागि निर्वाचित भएर आएको बताउँदै शाहीले भन्नुभयो, पार्टी मेरो कामको मुल्यांकन गरेर जिल्ला सहसचिवको जिम्मेदारी दिएको भन्दै धन्यबाद दिनु भयो । उहाँले पार्टीको नेतृत्व तहमा आउन अरु महिलालाई समेत आह्वान गर्नु भयो । “महिलाले इमान्दार र कुशलतापूर्वक पार्टीको नेतृत्व गर्छन् भन्ने विश्वासका साथ मलाई सहसचिवमा चयन गरिएको हो”, उहाँले अनुभव समेत सुनाउँदै भन्नुभयो “म पहिलेदेखि नै सामाजिक सेवाको क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गरिरहेको र पार्टी निकट महिला संगठनको पनि पहिलो पङ्क्तिमै बसेर काम गर्दै आएको हुँदा सहसचिवको जिम्मेवारी सम्हाल्न गाह्रो लागेको छैन ।”

राप्रपाको सहसचिव भए पछि युथ टुडे न्युज संग कुरा गर्दै भन्नुभयो “आफ्नो पार्टीलाई अरुभन्दा अब्बल र जनमुखी बनाउने लक्ष्य लिएकी छु”, शाही भन्नु हुन्छ, “हिन्दू राज्य र संवैधानिक राजसंस्था पार्टीको मुख्य एजेण्डा हो, यी कुरा जनतालाई बुझाउन अब हामी घरघर पुग्छौँ ।” 

राप्रपा महिला संगठन कि बाँके अध्यक्ष समेत रहनु भएकि शाहीले गणतन्त्रमा समान अधिकारको कुरा आए पनि नेपाली महिलाले अझैसम्म चुलोचौकामै सीमित हुनुपरेको बेला राप्रपाले महिलालाई नेतृत्व तह सम्म पु-याउनु उदाहरणीय भएको जिकिर गर्नु भयो । “आजको युगमा महिलाले पुरुषको शासनमा खुम्चिएर बस्नु हुँदैन । हरेक पार्टीको अध्यक्ष मात्र होइन, स्थानीय तहको प्रमुख पदमै अब महिलालाई पु-याउनु जरुरी छ” शाहीको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार