मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भेरी अस्पतालमा एमडी र एमएस पढाईको बाटो खुल्यो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार
बाँके । भेरी अस्पतालमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबीच आज काठमाडौंमा सम्झौता भएको छ । 
न्याम्सका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीबीच सम्झौता भएको छ ।

सम्झौता पछि न्याम्सको आगामी साता बस्न लागेको सिनेट बैठकबाट औपचारिक रुपमा पारित गर्ने तयारी भएको मेसु सुवेदीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो,‘न्याम्स र भेरी अस्पतालबीच औपचारिक रुपमा सम्झौता भयो, यसले भेरीमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ ।’ आगामी असोज २१ गते बस्न लागेको न्याम्सको सिनेट बैठकले पास गरेपछि कुन–कुन फ्याकेल्टीको पढाई सञ्चालन गर्ने भन्ने कुराको निश्चित हुने जिकिर गर्नुभयो।
एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने डा. सुवेदीको जानकारी दिनु भयो । 
नेपालकै पुरानो सरकारी अस्पताल भएपनि भेरीमा वर्षौअघि देखी एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयासले सार्थकता पाउन सकेको थिएन । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालका रुपमा रहनेछ । संघिय सरकारको मातहतमा रहेको उक्त अस्पताललाई राज्य पुर्नसंरचना भएसँगै लुम्बिनी प्रदेश सरकारको मातहतमा केही समय राखिएको थियो, पछि पुनः अस्पताललाई संघिय सरकारकै मातहतमा राखिएको हो । 

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले एमडी र एमएस विषयको पढाई सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाई थप बृद्धि हुने बताउनु भयो । आफु नेतृत्वमा आएपछि अस्पताल भित्रका थुप्रै कुरा सुधार उन्मुख रहेको दाबी गर्दै अध्यक्ष शाहले भन्नुभयो, ‘यहाँ अब एमडी र एमएस विषयको पढाई हुने भएपछि अस्पतालले थप उचाई हासिल गर्नेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार