मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

प्रबल जनसेवा श्री पदकबाट उपसचिव सुरेश सुनार सम्मानित

महमूद आलम खान 1132+ समाचार ( )
विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको संख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।
१ वैशाख २०७९, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व. तुल्सीलाल अमात्य, स्व. मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व. दुर्गानन्द झा, स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यसैगरी प्रबल जनसेवा श्री पदक गृह मन्त्रालयका उपसचिव सुरेश सुनारलाई प्रदान गरिएको छ ।

यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व. पोष्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वाेच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो । विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको संख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाणलगायत मन्त्री र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार