मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

फेरि इन्धनको मूल्य बढ्यो

महमूद आलम खान 1132+ समाचार ( )
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको हो ।
२२ चैत्र २०७८, मङ्गलबार

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिककोे मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलर बढाएको छ । मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यसमेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य समायोजन पश्चात पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार