मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

सातौंपटक सरकार विस्तार हुँदा पनि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले पूर्णता पाउन सकेन

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सातौं पटक पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका हुन्।
१७ चैत्र २०७९, शुक्रबार

काठमाडौं । सातौंपटक सरकार विस्तार हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेन।

गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सातौं पटक पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका हुन्। 

पुस ११ गते पहिलोपटक मन्त्रिमण्डल विस्तार गरेका प्रचण्डले माघको ३, १४ र २३ गते मन्त्रिपरिषद विस्तार गरेका थिए। त्यसपछि पाँचौं र छैटौं पटक फागुन १४ र १६ मा कार्यविभाजन हेरफेर भएको थियो।

राप्रपा र नेकपा एमालेले समर्थन गरेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको जिम्मेवारी हेरफेर गर्दै १६ वटा मन्त्रालयको जिम्मेवारी आफ्नै काँधमा राखेका थिए।

आज मन्त्रिपरिषद विस्तार गर्दा पनि अझै ६ वटा मन्त्रालय खाली रहेका छन्। नेपाली कांग्रेसले आफूले पाएका चार र जसपाले एक मन्त्रीको नाम नदिँदा मन्त्रिमण्डल अपूरो बनेको हो। 

सरकारबाट बाहिरियो जनमत

११ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको गठबन्धनभित्र खटपट सुरू भएको छ। जनमत पार्टी सरकारबाट बाहिरिएपछि गठबन्धनभित्रको खटपट बाहिरिएको हो। जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफाइ मन्त्री थिए। उनले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

आफूले पाएको मन्त्रालय नपाएको, न्यूनतम साझा कार्यक्रममा समेटिएका विषय कार्यान्वयन नभएको, जेलमा रहेका आफ्ना कार्यकर्तालाई रिहाई नगरेको र सरकारमा रहेर पनि काम गर्ने वातावरण नपाएको भन्दै मन्त्री खानले राजीनामा बुझाएको जनमतका नेता विपि शाहले जानकारी दिए।

जनमत पार्टीले सुरूदेखि नै उद्योग मन्त्रालयमा दाबि गरिरहेको थियो। तर, प्रधानमन्त्री प्रचण्डले चासो नदेखाएपछि जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको नेता शाहले बताए। 

पुस ११ गते शपथग्रहण गरेका खान उद्योग मन्त्रालय नपाएपछि मन्त्रालयमा हाजिर भएका थिएनन्। उनी माघ ३ गते मात्रै खानेपानी मन्त्रालयमा हाजिर भएका थिए। 

यस्तो छ प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल

पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा मन्त्री 

नारायणकाजी श्रेष्ठ–उपप्रधान तथा गृहमन्त्री

डा. प्रकाश शरण महत–अर्थ मन्त्री 

शक्ति बस्नेत–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

बेदुराम भुसाल–कृषि तथा पशुपंक्षी विकास मन्त्री

रञ्जिता श्रेष्ठ–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

रमेश रिजाल–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

रेखा शर्मा–सञ्चार तथा सूचना प्रविधि मन्त्री

सुदन किराती–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

अमनलाल मोदी–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

प्रकाश ज्वाला–भौतिक पूर्वाधार तथा यातायात मन्त्री

अशोक राई–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

शरद सिंह भण्डारी–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

महिन्द्र राय यादव–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

सीता गुरूङ–शहरी विकास मन्त्री

प्रचण्डसँग रहेका मन्त्रालय

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

परराष्ट्र मन्त्रालय 

वन तथा वातावरण मन्त्रालय 

खानेपानी मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालय

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार