मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

किरात सुनुवारहरुको महान चाड उधौली सम्पन्न

महमूद आलम खान 1132+ समाचार ( )
४ पौष २०७८, आइतबार

पुष्पा सुनुवार

सिन्धुलीमाढी । किरात सुनुवारहरुको महान चाड (उधौली) श्यादर सिन्धुलीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। सुनुवार सेवा समाज कमलामाई नगर समन्वय समितिका अध्यक्ष कर्ण बहादुर सुनुवारको अध्यक्षता तथा सुनुवार सेवा समाजका संघीय सदस्य टंक माया सुनुवारको प्रमुख आतिथ्यता र पूर्व राज परिवार सदस्य दालकुमारी सुनुवार, सुनुवार सेवा समाजका पूर्व केद्रिय अध्यक्ष मान बहादुर सुनुवारको विशिष्ट आतिथ्यतामा सुनुवार सेवा समाज कमलामाई नगर समितिको आयोजनामा कार्यक्रम भएको हो ।

उधौली पर्व सम्पूर्ण किरात जातिहरुको विशेष पर्व रहेकाले ढोल झ्याम्टा बजाएर कुल पूजा गरेर मनाइने गरिन्छ । यसै क्रममा आज सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ चण्डी डाँडामा रहेको चण्डेश्वर महादेवको पुजा आजा गर्दै उधौली पर्व मनाइएको हो । सुनुवार तथा किरात धर्मावलम्बीहरुले हरेक वर्ष मंसिर शुक्ल पूर्णिमामा उधौली र बैशाख शुक्ल पूर्णिमामा उभौली पर्व मनाउने सुनुवार सेवा समाज कमलामाई नगर समन्वय समितिका अध्यक्ष कर्ण बहादुर सुनुवारले बताउनु भयो।

साथै, उहाँका अनुसार धान, कोदो पाकीसके पछि लेकमा रहेका किसानहरु वेसीमा झरेपछि उधौली पर्व मनाइने र बेसीमा मकै रोपेपछि फेरी लेकमा खेतीपातीको लागी गएपछि उभौली पर्व मनाइने गरिन्छ । किरात कोइँच सुनुवारहरुले उधौली तथा उभौली पर्व मनाउँदा बाजागाजाको रुपमा ढोल र झ्याम्टाको प्रयोग गर्ने गरिन्छ । किरात तथा सुनुवार जातीलाई चिनाउने बाजा नै ढोल र झ्याम्टा भएको र सुनुवार जातिको पहिचान नै ढोल, झ्याम्टा भएको अध्यक्ष सुनुवार बताउनु हुन्छ । कार्यक्रममा चण्डेश्वर महादेव मन्दिरका लागी दियो पानस, तामाको कलस प्रधान गर्नुहुने कमल बहादुर सुनुवार, कमलादेबी सुनुवार, भोजराज पौडेललाई सम्मान गरिएको थियो ।

यस्तै, कार्यक्रममा महा सेनानी राजेन्द्र सुनुवार, सुनुवार सेवा समाज सिन्धुलीका पूर्व अध्यक्ष तोरन बहादुर सुनुवार, धन बहादुर सुनुवार, नेपाल आदिबासी जनजाति महासंघ बागमति प्रदेश कमिटिका संयोजक काजीमान थिङ, सुनुवार सेवा समाज फिक्कल गाउँपालिकाको अध्यक्ष दिपक बहादुर सुनुवार, नेपाल आदिबासी जनजाति महासंघ सिन्धुलीका अध्यक्ष तुल बहादुर गुरुङ, नेपाल मगर संङघ सिन्धुलीका अध्यक्ष अम्बिका खुलाल, नेवा दया दबु सिन्धुलीका अध्यक्ष राज कुमार क्षेष्ठ, नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीर तामाङ, थामी उत्थान समाज सिन्धुलीका अध्यक्ष सोम बहादुर थामी, भुजेल सेवा समाज सिन्धुलीका अध्यक्ष इन्द्र बहादुर भुजेल, नेवा सिना दबु सिन्धुलीका अध्यक्ष शुशिला श्रेष्ठ, आदीबासी जनजाति पत्रकार सहासंङघका सदस्य पुष्पा सुनुवार लगायत स्थानीय सुनुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार