मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त

बाँके । बाँकेको नरैनापुर गाँउपालिका वडा नं. १ का अध्यक्ष एंव नेपाली काग्रेश लुम्बिनी प्रदेशका सदस्य इशाक जोलाहका भाई इसरार जोलाहको उपचारको क्रममा निधन भएको छ । माइतीघरस्थित शिक्षण अस्पताल कोहलपुरमा निधन भएको वडा अध्यक्ष इशाक जोलाहले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या देखिए पछि भेरी अस्पतालमा शनिबार भर्ना गरिएको थियो तर स्वास्थ्य अवस्थ जटिल रहेको देखे पछि चिकित्सकहरुले आईसियूमा राखेर उपचार गर्ने बताए पनि भेरी अस्पतालमा आइसियु खाली नभए पछि आईतबार राती शिक्षण अस्पताल कोहलपुरको आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार फोक्सो र किड्नी पूर्ण रुप काम नलाग्ने अवस्थामा पुगे पछि भ्यान्टीलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकेको बताए । सोमबार दिउसो इसरारको मृत्युको चिकित्सकहरुले परिवारलाई जानकारी गराएका थिए । निधन भएका वडा अध्यक्षका भई इसरारको मंगलबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । 

यस्तै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले वडा अध्यक्ष इशाक जोलाहका भाई इसरारको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन । 

शाहले सोमबार सामाजिक संजालमा लेखेका छन्, आफूले एउटा असल र जिम्मेवार भाई गुमाएको अनुभूति भएको बताएका छन ।  शाहले इसरारको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन । 

शाहले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र गाँउपालिकावासीको तर्फबाट समवेदना प्रकट गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार