मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचार विरुद्धको हस्ताक्षर बुझाईयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
भ्रष्टाचार विरुद्धको हस्ताक्षर ब्यानर बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाईएको छ ।
७ पौष २०८०, शनिबार

नेपालगन्ज । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बास नेपालले संकलन गरेको हस्ताक्षर आज बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई बुझाईएको हो । 

बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, सचिव दिला शाह, पूर्व अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लागायतले उक्त हस्ताक्षर ब्यानर प्रमुख जिल्ला अधिकारी पोख्रेललाई हस्तान्तरण गरेका थिए ।

हस्ताक्षर ब्यानर ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले व्यानर तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बास नेपालद्वारा संचालित सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंसिर २० गते नेपालगन्जको बिपि चौकमा हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रम संयोजक शोभा थापा मगरका अनुसार ब्यानरमा एक हजार बढिले हस्ताक्षर गरेका थिए ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरि लेखिएको उक्त व्यानरमा मुलुकमा व्याप्त भ्रष्टाचार विरुद्ध शुन्यसहनशिलता कायम गरि भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि विशेष पहल गर्न बाँकेबासीका तर्फबाट जोडदार माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार