मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |
मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |


माओवादीलाई हार्ने छुट छैन

महमूद आलम खान 1132+ समाचार ( )
दश बर्षे जनयुद्धको जगमा स्थापित माओवादी खुल्ला राजनीतिक यात्रामा संसदीय व्यवस्था मान्दै निर्वाचनमा होमिएको तीन पटक मात्र भयो ।
१८ चैत्र २०७८, शुक्रबार

गोकर्ण बराल 

दश बर्षे जनयुद्धको जगमा स्थापित माओवादी खुल्ला राजनीतिक यात्रामा संसदीय व्यवस्था मान्दै निर्वाचनमा होमिएको तीन पटक मात्र भयो । राजनीतिमा सिद्धान्तभन्दा व्यक्ति माथि हुँदैन भन्ने प्रचलन माओवादीमा स्थापित हुन त केही समय लाग्ला नै । हजारौं सहिदको रगतबाट स्थापित माओवादी पार्टी अन्ततः विचार र सिद्धान्त बीचको द्वन्द्वमा फस्दा विभाजन हुन पुग्यो । 

कम्युनिष्ट घोषणापत्रमा लेखिएको छ, सर्वहारा वर्गले आफ्नो राजनीतिक प्रभुत्वको प्रयोग गरि पूँजीपति वर्गबाट बिस्तारै–बिस्तारै सारा पूँजी खोस्नेछ, शासक वर्गको रुपमा संगठित सर्वहारा वर्गको हातमा उत्पादनका सारा साधनलाई केन्द्रित पार्नेछ र सकेसम्म तीव्र गतिले सारा उत्पादक शक्तिहरुलाई बढाउने छ । तर माओवादीले गरिब र मध्यम वर्गबाट आन्दोलन उठाएको भए पनि पूँजीपतिको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा पु¥याउन हरपल प्रयास गरिरहेको छ । गरिब झन् गरिब, धनी झन् धनी हुने अवस्थालाई रोक्न माओवादी कमजोर हुँदा प्रतिगामी शक्तिहरु टाउको उठाउन प्रयत्नशील रहे पनि माओवादी त्यसको विरुद्धमा सधैं अग्रमोर्चामा रहेर संघर्ष गरिरहेको छ । 

नेपाली राजनीतिमा सत्तालाई मात्र प्रधान मान्ने प्रवृत्तिले शान्ति प्रक्रियापछि आम नागरिकमा माओवादीले गरेको सम्पूर्ण वाचा ऊ कमजोर हुँदा अझै सबै पूरा हुन सकेका छैनन् । पार्टी विधान र पद्धतिभन्दा आफूलाई माथि ठान्ने नेताको प्रवृत्तिले अन्ततः माओवादीलाई पनि अछुतो भने राख्न सकेन । म्यानफ्रेड डेविडम्यानले भनेझैं, प्रजातन्त्रको वास्तविक संघर्ष वामपन्थी र दक्षिणपन्थीबीच होइन, निर्णय अधिकारसहितको सहभागिताको लागि हो भन्ने भावनाबमोजिम माओवादीमा अहिले आम नेपालीको आशा र भरोसा पुनः एकपटक थपिएको छ । माओवादीले हार्दा प्राप्त उपलब्धि खतरामा परेको महसुस गरेका आम नेपालीजन यसपटक माओवादीबाट राष्ट्रको भविष्य खोजिरहेको महसुस पछिल्लो पटक माओवादीप्रति देखिएको उत्साहबाट पनि सजिलै बुझ्न सकिन्छ । 

वाक स्वतन्त्रता र दासत्वको विरुद्ध बुलन्द आवाज उठाएको माओवादी अहिले पनि यसैको पक्षमा लडिरहेको छ । शेक्सपियरले, झुठो बोल्नेलाई अरुले विश्वास गर्दैनन् भन्ने होइन कि ऊ स्वयं नै कसैलाई बिश्वास गर्न सक्दैन भनेझैँ झुटको सहारामा राजनीतिक सुतिखेती चलाइरहेकाहरूको भण्डाफोर पनि माओवादीले नै गर्नुपर्ने छ । अरुले देखाएको झुठो सपनाको समुन्द्रमा आफै डुब्नबाट जोगिँदै त्यो भ्रम चिर्न माओवादीले ठूलै संघर्ष गर्नुपर्नेछ । सत्तामा हुँदा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सयौं काम माओवादीले गरेको भए पनि जनतामाझ पु¥याउन नसक्दा त्यसको प्रभावकारिता हुन नसकेको मात्र हो । सत्ता प्राप्तिको लागि संघर्ष सधैं जारी राख्ने अरु दल एकातिर र जनताको सरोकारमा सधैं डटिरहने माओवादी अर्कोतिर हुँदा भने पार्टी संगठन निर्माण गर्न र नेता कार्यकर्ताको व्यवस्थापनमा उसले त्यति धेरै सशक्त प्रगति नगरे पनि अहिले करिब ९ लाख नेता कार्यकर्ताको बलमा माओवादी जुरुक्क उठ्नेछ । रातारात एमालेसँग माओवादीको गठबन्धन बनाएर निर्वाचनमा होमिएको संयुक्त गठबन्धन पार्टी एकतामा प्रवेश गर्दै अन्ततः विभाजनमा प्रवेश ग¥यो । बाइबलले भनेझै, नास हुनुभन्दा पहिले व्यक्ति घमण्डी हुन जान्छ भन्ने भनाइलाई अहिले विपक्षी दलले पुष्टि गरिरहेको अवस्थामा माओवादीले बलियो आधारसहित उनीहरुको चरितार्थ देखाउन आवश्यकता पनि देखिन्छ । देश विकासको अल्पकालीन र दीर्घकालीन कयौं योजना बनाएको माओवादी कमजोर हुँदा कतिपय योजनाहरु अहिले पनि अलपत्र छन् । 

नेपाली जनताले एक पटक मनन् गरौं, जनता भनेका सत्तामा पु¥याउने भ¥याङ मात्र होइन, देशको रुपरेखा कोर्ने पेन्सिल पनि हो । गान्धीले भनेझैं व्यवहारमा पनि लागू गर्ने कि सधैं पश्चाताप मात्र गर्ने हो त्यो भने अबको निर्वाचनमा उनीहरुले माओवादीलाई हेर्ने नजरबाट थप प्रष्ट पार्नेछ । माओवादीले केही गर्छ भन्ने आशा आम नागरिकमा अहिले पनि छ तर जनमत विपरित गएमा माओवादीबाट उनीहरुले गर्ने आशा पूरा हुन सक्दैन र माओवादीलाई जिताउनु पर्ने निष्कर्षमा धेरै जनता पुगेको पछिल्लो जनमतले देखाउँछ । 

आजसम्म जे जस्तोसुकै अवस्थामा रहे पनि अब गाउँ–गाउँ जनतामा जाऊ, आफ्नो विचार, योजना, अहिलेसम्मको उपलब्धिबारे बुझाऊ र माफी पनि माग । प्रतिज्ञा गर र भन– कहिल्यै राष्ट्र हितबिरुद्ध कसैलाई जान दिंदैनौ । शहर तिम्रो लागि होइन र यहाँको रमझममा नभुल । पार्टीका ती कार्यकर्तामा जाउ, जसले स्वार्थको लागि नभई कमजोर परिस्थितिमा पनि खम्बा बनेर पार्टी बचाए । प्रत्येकका घर–घरमा जाऊ, हिजोका खम्बालाई फेरि उभ्याऊ, जो आज लडेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार