मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

भेरी अस्पतालले १३४ औँ वार्षिकोत्सव मनायो, ५०० शय्या पुर्याउने योजना सार्वजनिक

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

बाँके । विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पतालले शनिबार १३४ औं वार्षिक उत्सव मनाएको छ । 

सात शय्याबाट सुरु भएको यो अस्पताल हाल २०० शय्यामा सञ्चालित छ । अस्पताललाई ५०० शय्याको रुपमा स्तरोन्नति गर्ने प्रयास र योजना अघि सारिएको अस्पताकका सुचना अधिकारी डाक्टर संकेत रिजालले बताउनु भयो ।

वार्षिकोत्सवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अस्पतालमा सुधारको धेरै प्रयास गरिएको भन्दै यसलाई भौतिक र जनशक्तिको माध्यमबाट थप सशक्त बनाउन आवश्यक रहेको भएको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले सबै मिलेर भेरी अस्पतालको विकास गर्नुपर्ने बताउनुभयो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा संवेदनशिल भएर काम गर्नुपर्ने धारणा राख्नु भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र शाहले भारतको लखनउ, दिल्लीका अस्पतालको जस्तो सेवा दिन प्रयासरत रहेको जानकारी गराउनु भएको थियो ।

आफु नेतृत्वमा आईसकेपछि अस्पतालमा धेरै राम्रा कामहरु भएको दाबी गर्नु भयो । सो क्रममा विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी भेरी अस्पतालमा मेडिसिन, सर्जरी, छाला रोग, अर्थोपेडिकतर्फका बिरामीहरु बाहिर रिफर गर्नुपर्ने अवस्था छैन । कतिपय विशिष्टकृत सेवाका लागि ठाउँको अभाव हुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका डाक्टरहरुको भनाई छ । पछिल्लो वर्षमा अस्पतालमा डायलाइसिस सेवा पनि विस्तार भएको छ । तीन वटा मेसिनबाट दिनमा दुई सिफ्ट सञ्चालन गरेर हप्तामा १८ जनाले सेवा पाइरहेकोमा अहिले ६ वटा मेसिनबाट दिनमा तीन सिफ्ट सञ्चालन गरी हप्तामा ५४ जनाले सेवा पाइरहेको डाक्टर पारस श्रेष्ठले बताउनु भयो ।

थारु समुदायलाई प्रभावित पारेको सिकलसेल तथा थालेसिमियाका बिरामीलाई चिकित्सकको पूर्जा अनुसार निःशुल्क औषधि उपचार, निःशुल्क आकस्मिक औषधि उपचार, ओसिएमसी निःशुल्क औषधि उपचार र अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीको लागि कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा निःशुल्क औषधि उपचार सेवा अस्पताल फार्मेसीले प्रवाह गर्दै आएको छ । औषधि तथा औषधिजन्य सामग्री एमआरपी मूल्यमा खरिद हेरेर १० देखि ३० प्रतिशत भन्दा बढीसम्म सहुलियत दिएर बिरामीलाई विक्री वितरण गर्दै आएको छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमले बताउनु भयो ।

अस्पतालले हरेक वर्ष साउन १२ गते आफ्नो वार्षिक उत्सव मनाउँदै आएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहको सभापतित्व एवम प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा भएको वार्षिक उत्सव समारोहमा लुम्बिनी प्रदेशका मन्त्री बादशा कुर्मी, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार