मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रेडियो नेपालका कार्यकारी निर्देशक केसीलाई नेपाल विद्याभषूण ‘ख’ प्रदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विद्याका लागि यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गर्न लागेको हो । सरकारले ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गर्न लागेको हो ।

साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिँदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनालाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रकाशन गरेको सुचीअनुसार रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई नेपाल विद्याभषूण ‘ख’ प्रदान गरिएकाे छ । उहाँलाई २०७४ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा कला सङ्काय अन्तर्गत आमसञ्चार तथा पत्रकारितामा उच्चतम ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम हुनुभएकोमा नेपाल विद्याभषूण ‘ख’ प्रदान गरिएकाे हाे ।

सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार