मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालले हङकङलाई दियो दुई सय १४ रनको लक्ष्य

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाको शनिबार भएको खेलमा नेपालले हङकङलाई दुई सय १४ रनको लक्ष्य दिएको छ । ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धसतकको मद्दतले नेपालले हङकङलाई जितका लागि विशाल लक्ष्य दिएको हो ।

टस जिती पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ४१ बलको सामना गरी नौ छक्का र तीन चौका हिर्काए ।

कुशलले अर्धसतक बनाएलगत्तै नेपालका अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धसतक पुरा गरेका थिए । दीपेन्द्रले पेभेलियन फर्किनुअघि टोलीका लागि ५७ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए ।

नेपालले केवल ५५ रनको कुल स्कोरमा नेपालले चौथो विकेट गुमाएको थियो । त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले नेपालको पाली समालेका थिए । उनीहरुले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दीपेन्द्रको विकेट मोहम्मद घाजनफरले लिएका थिए ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको थियो । कुशललाई हङकङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । क्रिज समाल्न आएका सोमपाल १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । उनलाई हङकङका बलर इजाज खानले बाबर हायातद्वारा क्याच गराएका थिए । सोमपाल आउट हुँदा नेपालले ४.१ ओभरमा २६ रन बनाएको थियो ।

यसैगरी नेपालले तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ १३ बलमा चार चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हङकङका बलर आयुष शुक्लाले आफ्नै बलिङमा आफैले उनको क्याच लिएका थिए । आसिफ आउट हुँदा नेपालले ६ ओभरमा ४० रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई हङकङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए । रोहित आउट हुँदा नेपालले ८.१ ओभरमा ५५ रन बनाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार